0
गोल्डेन न्यूज संवाददाता
सिटी रेवानको आयोजनामा पोखरामा शुरुभएको चौथो सिटी रेवान दशंै महोत्सव तथा फुड फेष्टिबलमा आइतबारदेखि विभिन्न प्रतियोगिताहरु शुरु भएका छन्।       महोत्सवमा एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगिता शुरु भएको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए। उनले प्रतियोगिता शुरु भएसँगै महोत्सवमा रौनक थपिने बताए।        महोत्सवको आकर्षणमा लोक दोहोरी गित प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, चर्चित कलाकारको प्रस्तुति, बाल उद्यान र दशै उपभोग्य बस्तुहरुको प्रदर्शनी रहेको छ। असोज २२ गतेदेखि पोखरा रङ्शालामा शुरु भएको महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ। महोत्सवमा व्यवसाय, रेष्टुरेण्ट, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका स्ट्रलहरु रहेका छन्।

Post a Comment

 
Top