0
गोल्डेन न्यूज संवाददाता
नेपाल कम्यूनिष्ट पार्टी(मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको प्रथम राष्ट्रिय परिषद वैठक पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मसालका प्रवक्ता विमल शर्माले युवाहरु भनेको देशका उर्जावान शक्ति भएकोले देशको अहिलेको परिस्थितिमा सचेततापूर्वक आन्दोलनको उठान गर्नु पर्नेमा जोड दिए ।
भारतीय पक्षवाट अहिले मुुलुुकमा गरिरहेको अघोषित नाकावन्दीका विरुद्धमा देशव्यापी आन्दोलन गर्नुपर्ने उनले बताए । अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएकोमा खुुशी व्यक्त गर्दै प्रवक्ता शर्माले भारतीय विस्तारवादको योजना अन्तर्गत तराईमा नियोजित आन्दोलन गराएर नेपालमा संघीयता घुसाईएको बताए ।
 
कार्यक्रममा वामपन्थी नेता कृष्ण पौडेलले देशको संकटको अवस्थामा युवा शक्तिहरुले आन्दोलनको नेतृत्व गर्न आव्हान गरे । अखिल नेपाल युवक संघको संघर्षपूर्ण इतिहाँस कोट्याउँदै नेता पौडेलले युवक संघले युवाहरुका समस्या र जनताका जनजिविका र राष्ट्रियताको आन्दोलनहरुको नेतृत्व गर्दै आएको वताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष शंकर वराल, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य चन्द्र वहादुर के.सी.,अखिल(छैठौं)का केन्द्रिय सचिवालय सदस्य गणेश अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य दिपक गुुरुङ्ग, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय सदस्य सन्तोष पौडेल, अखिल नेपाल वुद्धिजीवी संघका केन्द्रिय सदस्य रविमोहन ढकाल, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य सपना बराल, जातीय समता समाजका केन्द्रिय सदस्य विष्णु वि.क. र राष्ट्रिय जनमोर्चा कास्कीका सचिव आकाश गौतम लगायतले बोलेका थिए ।
 
संघका अध्यक्ष तिलक थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा महासचिव वावुराम पन्थीले संचालन र उपाध्यक्ष जितामित्र सुनारले स्वागत मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top