गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ लेखनाथले लेखनाथ–१ पटनेरीमा रहेको पट्नेरी निमाबिमा कम्प्युटर प्रदान गरेको छ । क्लवका अध्यक्ष माधब भण्डारीको अध्यक्षतामा सम्पन्न एक कार्यक्रममा उक्त कम्प्युटर प्रदान गरिएको हो । कम्प्युटर विद्यालयका प्राचार्य रामचन्द्र आचार्यलाइ हस्तान्तरण गरिएको हो । त्यस अवसरमा बोल्दै अध्यक्ष भण्डारीले रोटरीले हरेक सामाजिक क्षेत्र संगसगै शिक्षा क्षेत्रमा पनि सहकार्य र सहयोग गर्दै आएको बताए । उनले सूचना प्रविधिमा विद्यार्थीहरुको पहुँचका लागि आफूहरुले प्रयासले महत्वपूर्ण सहयोग पु¥याउन सक्ने विश्वास व्यक्त गरे । यस्तै लेखनाथ–१३ मा रहेको कालिका निमाविका व्यवस्थापनका समितिका अध्यक्ष ओम बबहादुर गुरुङ र प्राचार्य मन्जु पौडेललाइ अध्यक्ष माधब भण्डारी, राम प्रसाद आचार्य र नविन बाँस्तोलाले कम्प्युटर हस्तान्तरण गरे । कार्यक्रम मिलन प्रसाद तिवारीले संचालन गरेका थिए ।
Post a Comment