गोल्डेन न्यूज संवाददाता
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले पोखराको जनजीवन कष्टकर बनेको छ । दैनिक चाहिने उपभोग्य वस्तुहरुमा कालोबजारी बढ्नुका साथै पेट्रोलियम पदार्थको हाहाकार सुरु भएको भने सडकमा फाटफुट मात्र सवारी सवारी चलेका छन । १२ दिन देखि पोखरामा पेट्रोल नआउँदा लेखनाथ नगरपालिका स्थित गगनगौंडामा रहेको नेपाल आयल निगम इन्धन डिपोमा रहेको संचित पेट्रोलियम पदार्थ मात्रै वितरण गरिएको भएपनि शनिबार र आइतबारका लागि भने पोखराका कुनैपनि पेट्रोल पम्पमा डिजेल वितरण नगरिने नेपाल आयल निगम इन्धन डिपो गगनगौडाका प्रमुख मनोज ठाकुरले जानकारी दिए । पेट्रोलियम पदार्थ १२ दिनदेखि निरन्तर रुपमा वितरण गर्न नसक्दा ६ जिल्लाका ५२ पट्रोल पम्पहरुमा तेल लिनेहरुको भिड बढेको हो । यस क्षेत्रमा दैनिक ७० देखि ८० हजार लिटर पेट्रोल र १ लाख ६० हजार लिटर डिजेल आवश्यक पर्ने भएपनि नाकाबन्दीका कारण बजारमा सवारी साधन न्यून हुदै आएको छन् । नेपाल आयल निगम इन्धन डिपोमा ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख लिटर डिजेल संंचित गर्ने क्षमता भएपनि जम्मा हुन नसकेको नेपाल आयल निगम इन्धन डिपो गगनगौडाका प्रमुख ठाकुरले जानकारी दिए । पोखरामा पेट्रोलियम पदार्थ लिनका लागि सवारी साधनले लाइन लगाए पनि अति आवश्यकीय क्षेत्रका सवारी साधनलाई मात्र डिजेल वितरण गर्ने गरी पोखराका ६ वटा पेट्रोल पम्पलाई शुक्रबार ३ हजारका दरले डिजेल वितरण गरिएको भएपनि शनिबार र आइतबार भने कुनैपनि पम्पलाई वितरण नहुने ठाकुरले जानकारी दिए । पेटो«लियम पदार्थ पाइने आसामा पोखराको नागढुङ्गा, पृथ्वीचोक, बिरौटा, नयाँवजार, बुद्धचोक, मालेपाटन लगायतका क्षेत्रमा निजी सावर्जनिक सवारी साधनले सवारी साधनलाई लाइन बद् राखेका भएपनि इन्धन वितरण हुन सकेको छैन ।
यसैबीच पेट्रोलियम पदार्थ आयातमा भएको अवरोधले कास्कीको सिल्दुजुरेमा निर्माणाधिन अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य बन्द भएको छ । आयोजना निर्माणका लागि चाहिने पेट्रोलियम पदार्थ, सीमेन्ट, छड लगायतका सामाग्री आपूर्ति हुन नसकेपछि २५ मेगावाटको अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प भएको हो ।
आयोजना निर्माणका लागि दैनीक पाँच हजार लिटर पेट्रोलियम पदार्थ चाहिन्छ” आयोजनाका एसिस्टेन्ट प्रोजेक्ट को–अर्डिनेटर राजकुमार वरालले भने “संचय गरेको पनि सकिएपछि निर्माणकार्य ठप्प भएको छ ६ सय कामदार त्यसै वसेका छन ।” आयोजनाका लागि ल्याईएका सिमेन्ट, छड लगायतका सामाग्री वोकेका ट्रक पनि भन्सारमै रोकीएका छन । “एक वर्ष अघिनै निर्माण सकिने भएपनि आयोजनामा गएको पहिरो र भूकम्पका कारण सुरुङमार्ग पुनःनिर्माण गर्नुपर्ने भएपछि ढिलाई भएको थियो अहिले फेरी निर्माण सामाग्री नआएपछि समस्या परेकोछ”–आयोजनाका निर्देशक विजयवावु मल्लले भने । उनले भने–“अहिले ८२ प्रतिशत काम पुरा भएको आयोजना एक वर्षभित्र सकिने लक्ष्य छ ।’ आयोजननामा वाधको ९५ प्रतिशत काम सकिएको छ भने पावर हाउस निर्माण पछि टर्वाईन जोड्ने काम वाँकी छ ।
त्यस्तै ४ सय २ मिटर सुरुग मार्ग खनीसकेर कंक्रीट लाईनिङको काम थालिएको छ । कास्कीकै सवैभन्दा ठूलो २५ मेगावाटको अपरमादी जलविद्युत आयोजना नेपाली र चाईना थ्री गर्जेजसँग आवद्व चाईना ईन्टरनेसनल वाटर इलेक्ट्रीक कर्पाेरेशनको संयुक्त लगानीमा निर्माणधिन छ । तिन वर्ष अघि शुरु गरिएको आयोजना करीव पाँच अर्व २८ करोड रुपैयाँमा निर्माण सकिने योजना थियो । पहिरोले गरेको असर, निर्माण कार्यअवधि लम्विनु र डलरको मूल्य बढेपछि आयोजना सम्पन्न गर्न करिब ८ अर्व रुपैयाँ लाग्ने निर्देशक मल्लले बताए । आयोजनामा ३ सय चिनियाँ सहित ६ सय कामदार छन ।
Post a Comment