गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलकै अत्याधुनिक सुविधा सम्पन्न पोखरा टे«ड मल मंगलबारबाट शुभारम्भ हुदैछ । ट्रेड मलको औपचारिक उद्घाटन आज नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुबेदीले गर्ने पोखरा ट्रेड मलका प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । एक अर्ब रूपैयाँ भन्दा बढी लगानी रहेको ट्रेड मलमा ५ सय ३ वटा सटर छन् । २०६९ चैत ५ गते निर्माण शुरु गरिएको भवन अत्याधुनिक प्रविधिबाट बनाइएको काफ्लेले बताए । प्राविधिक हिसावले माटो परीक्षण गरी परीक्षणको प्रतिवेदनको आधारमा भवनको स्टक्चरल डिजाइन गरी भवन निर्माण गरिएको अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ‘यो भवन ८ दशमवल ५ रेक्टरस्केलको भूकम्प प्रतिरोधात्मक छ,’ उनले भने,–‘फायर फाइटिङको व्यवस्था पनि छ ।’ भवनमा डिटेक्टरको व्यवस्था, विद्युतीय भ¥याङ, लिफ्टको सुविधा पनि छ । ‘अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी धेरै व्यवसायीलाई एकत्रित गर्न हामी सफल भएका छौं,’ उनले भने । भवनमा ६५ जनाको शेयर रहेको उनले जानकारी दिए ।
पोखराको मुख्य बजार चिप्लेढुंगादेखि न्यूरोडसम्म साढे ६ रोपनी जग्गामा फैलिएको टे«ड मलले पोखरालाई व्यवसायिक रुपमा चिनाउन सफल हुने विश्वास गरिएको छ । पोखरामा अत्याधुनिक सुविधा सम्पन्न ट्रेड मलको आवश्यकता महसुस गरेर लगानी गरेको अध्यक्ष थापाले बताए । टे«ड मलमा रहेका सटरहरु मध्ये ४ सय १० वटा व्यवसायिक प्रयोजनका छन् । ९३ वटा सटरहरु विभिन्न कार्यालय, व्यवसायिक प्रतिष्ठानका लागि गोदाम र चमेना गृहका लागि छुट्याइएको संचालक सन्तोष घिमिरेले जानकारी दिए । भवनको माथिल्लो भागमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।
Post a Comment