दसैं अवसरमा सुनगाभा दोहोरी साँझले दसैं शुभकामना सांगीतिक साँझ आयोजना गरेको छ । लोक संगीतको उत्थान हाम्रो पहिचान भन्ने नाराका साथ पोखराको पृथ्वीचोकस्थित दोहोरी साँझले उक्त कार्यक्रम आयोजना गर्न लागेको संचालक दीलिप गायकले बताए । असोज २८ गतेसम्म चल्ने कार्यक्रमको विशेष आकर्षण राष्ट्रिय ख्यातिप्राप्त कलाकारको विशेष प्रस्तुति र पोखरेली सर्जन सम्मान कार्यक्रम रहेको गायकले बताए । दोहोरी साँझमा सहभागीलाई प्रशस्त मनोरञ्जन दिन चर्चित गायक राजु परियार, जीवन दाहाल, कृष्ण देवकोटा, जय कुमार, प्रिया श्रेष्ठ, दीलिप गायक, लक्ष्मी नेपाली, कृष्ण गुरुङ, राजकुमार केसी, सुनिल गायक, रोशन गुरुङको विशेष प्रस्तुति रहनेछ । यसैबीच, आयोजले सम्बन्धित क्षेत्रमा निरन्तर क्रियाशील रही उल्लेख्य योगदान पु¥याएकोमा पोखरेली सर्जकको रुपमा चारजनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी अध्यक्ष जीवन दाहाल, प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य कृष्ण गुरुङ, पत्रकार विजय नेपाल, पोखरा लोकसंगीत समूह सदस्य रोशन गुरुङ छन् । उनीहरुलाई प्रमुख अतिथि वरिष्ठ लोकदोहोरीगायक प्रजापति पराजुलीले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment