गोल्डेन न्यूज संवाददाता
नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो जिल्ला विस्तार गर्ने क्रममा थप ९ जिल्लालाई अनुमोदन गरेकोछ । अनुमोदित जिल्ला मध्ये ओम बस्नेतको अध्यक्षतामा कास्कीमा जिल्ला कार्यसमिति गठन गरिएको छ ।
त्यस्तै सचिवमा प्रकाश बराललाई चयन गरिएको छ । यस्तै अनुमोदित अन्य जिल्लाहरुमा कालिकोट जिल्लाको अध्यक्षमा जीवनबहादुर शाही र सचिवमा रंजन शाही, झापाको अध्यक्षमा गौरव (मनोज) सुब्बा र सचिवमा युवराज खड्का, मोरङ्गको अध्यक्षमा खड्गबहादुर श्रेष्ठ र सचिवमा डिल्लिराम डाँगी, मुगुको अध्यक्षमा कविन्द्र मल्ल र सचिवमा लोकेन्द्र कार्की, जुम्लाको अध्यक्षमा नृपराज भारती र सचिवमा तोरण सिंह कठायत, इलामको अध्यक्षमा महेश कुमार श्रेष्ठ र सविचमा राजकुमार मुखिया, सप्तरीको अध्यक्षमा राजकुमार दाश र सचिवमा प्रकृत कोईराला तथा धनकुटाको अध्यक्षमा शम्भु प्रधान र सचिवमा बिदुर खवासलाई कार्यभार प्रदान गरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव सुवोध प्रधानले जनाएका छन । यस ९ जिल्लाको अनुमोदनका साथै नेपाल लोकतान्त्रिक खेलकूद संघको जिल्ला संघ गठनको संख्या २६ पुगेको छ । यस अघि १७ जिल्ला संघ गठन भई सकेको छ । ‘हामी अव दशैं र तिहारको समाप्ति संगै पुरै जिल्लाको संघ गठनलाई पूर्णता प्रदान गरि छिटैनै संघको अधिवेशनको तयारीमा रहेकाछौं ।’ केन्द्रिय अध्यक्ष शेरचनले जानकारी गराए ।

शनिबार नेपाली काँग्रेसद्वारा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा नियुक्त भएका सदस्यहरुको शुभकामना सम्मान तथा स्वागत कार्यक्रममा केन्द्रिय सदस्य, माननिय सांसद एवं केन्द्रिय खेलकुद विभाग प्रमुखले जिल्ला गठनलाई प्रार्थ्मिकतामा राखेर अगाडी बढ्न दिएको निदेशनलाई पालन गर्ने कार्य स्वरुप थप जिल्लालाई लोकतान्त्रिक खेलकुद संघले अनुमोदन गरेको हो ।
Post a Comment