0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लामा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरुको छाता संगठन मानसिक स्वास्थ्य संजाल कास्कीले २४औं मानसिक स्वास्थ्य दिवस पोखरामा विविध कार्यक्रम गरेर मनाउने भएका छन् । संजालको सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । आगामी दिनमा मानसिक स्वास्थ्यको क्षेत्रमा अझ तत्पराताका साथ काम गर्ने निर्णय पनि सो बैठकले गरेको छ । असोज २३ गते मानसिक स्वास्थ्यमा सम्मान भन्ने मूल नाराका साथ २४ औँ विश्व मानसिक स्वास्थ्य दिवस मनाईदै छ । दिवसमा पश्चिमाञ्चल विकास क्षेत्रमा मानसिक स्वास्थ्य सवालमा उत्कृष्ट कार्य गरेवापत कोपिला नेपाललाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सोहि अवसमा मानसिक महत्व भन्ने विषयमा उच्च मावि स्तरीय निबन्ध प्रतियोगिता गरिने छ । विजी अस्पतालमा निःशुल्क मानसिक स्वास्थ्य जाँच सेवा तथा नेपाल हाउसद्वारा मनोविमर्श सेवा प्रदान साथै कोपिला नेपालद्धारा १ हप्ताका लागि निःशुल्क मनोविमर्श सेवा प्रदान गरीने छ ।
 
दिवसको अवसरमा शनिबार विहान प्रभावफेरी कार्यक्रमको आयाजना गरिएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीबाट निस्किने ¥याली मानव अधिकार चोक चिप्लेढुङ्गमा आएर सभामा परिणत हुनेछ । सञ्जालमा कोपिला नेपाल, वि.जि अस्पताल, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, नौलो घुम्ती नेपाल, नेपाल हाउस कास्की, सि वि आर एस, बाल सुधार गृह, मनोसामाजिक मनोविमर्श मञ्च, सि डब्लु इ एस रहेका छन् ।





Post a Comment

 
Top