गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे« भिलेजले आफ्नो वार्षिक कार्यतालिका अन्तर्गत अन्तर विद्यालय पिस पोस्टर प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । सो प्रतियोगितामो शिशु निकेतन उ.मा.विका अनुसुया बराल प्रथम, सोहि विद्यालयका अविनभ विक्रम थापा द्वितीय र विद्या निकेतनका सन्जय गुरुङ्ग तृतीय र शिशु निकेतनकै सारा भट्टराई सान्त्वना हुन सफल भएका थिए । सो प्रतियोगितामा विजयी विद्यार्थीहरु लाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ नेपाल ३२५ वी १ का रिजन चेयरपर्सन दुर्गा प्रसाद हुमागाइँले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । १५ जना विद्यार्थीहरु सहभागी सो प्रतियोगितामा गोविन्द थापाले निर्णायकको भूमिका खेलेका थिए ।
कार्यक्रममा क्लवका ओरिन्टेसन चिफ पर्सन इन्जिनियर रामचन्द्र पोखरेल, जोन चेयर पर्सन तोरण कुँवर, शिशु निकेतन स्कुलका सह प्राचार्य विश्वकुमार कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए । क्लबका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत प्रतियोगिताका संयोजक नविन भट्टराईले गरेका थिए भने संचालन सचिव शोभाकान्त पौडेलले गरेको क्लबका निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिए ।
Post a Comment