हरि पन्त/गोल्डेनन्यूजपोखरा १९ असोज ।
नेपालमा नयाँ संविधान जारी भएको प्रसङ्ले तराई भूभाग करिब २ महिनादेखि अशान्त छ भने ३ दर्जन बढी नागरिकले यसमा ज्यान गुमाएका छन् । तराइका नागरिकले आप्mनो अधिकारका लागि लडेका हुन् भने कतिपयको निहीत स्वार्थ पनि गाँसिएको छ यस आन्दोलनमा । यसको सुनुवाई गर्न तर्फ कोही पनि लागेनन् । यसै आन्दोलनलाई चिर्दै नेपालमा नयाँ संविधान जारी भयो गत असोज ३ गते तर आन्दोलन रोकिएको छैन । नेपालमा अधिकारका लागि कैयौं आन्दोलन नभएका होइनन् तर ती आन्दोलन केही तुहिन्थे भने केहीले अधिकार प्राप्त गर्दथे । यस्ता अधिकारका लागि नेपाल बन्द त कति भए–भए । पछिल्लो १५ दिन यता छिमेकी भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालको अवस्था दर्दनाक छ । जनताले काम पाउन सकिरहेका छैनन् । इन्धन र ग्यासको अभावले अधिकांश उद्योग, व्यवसाय बन्द भएका छन् । सवारी साधनहरु समेत फाट्ट–फुट्ट रुपमा मात्र चलेका छन् ।
यसै सन्दर्भको विषयवस्तुलाई उठान गर्दै पोखराका केही युवा कलाकारहरुले समय सान्दर्भिक एवं व्यङ्ग्यात्मक टेलिचलचित्र निर्माण गरेका छन् । ‘हाम्रा बा’ नाम दिइएको उक्त टेलिचलचित्रलाई मंगलबार पोखरामा विमोचन गरियो । पिकेआर प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको टेलिचलचित्र ‘हाम्रा बा’ को परिकल्पना तथा लेखन कृष्ण प्रसाद अधिकारीले, निर्देशन प्रविन कुमार भुजेलले गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । टेलिचलचित्र निर्माणमा राजु पौडेल, रोशन ढकाल, रीदम बाँस्तोला लगायतले आ–आप्mनो भूमिका निर्वाह गरेका छन् । टेलिचलचित्रमा प्रमुख भूमिका समेत उनै सम्पादक भण्डारीकै छ । चलचित्रको मुख्य सहायक निर्देशकमा राम बाँस्तोला रहेका छन् । टेलिचलचित्रले ग्रामिण परिवेशको एक घरका एक वृद्ध बिरामी परेर अकस्मात ढल्न पुग्छन् । एक दिन दिन नेपाल बन्द हुन्छ । राष्ट्रिय भावनाले ओतप्रोत भएका वृद्ध व्यक्तिका २ छोरा हुन्छन् । उनी बिरामी परेर उनका दुई छोराले बोकेर अस्पताल तर्फ लैजादै गर्दा बाटोमा केही आन्दोलन कारीहरु टायर बालेर नेपाल बन्द सफल परौं भन्दै नारा लगाउँदै बिरामी वृद्धलाई अस्पताल लैजान दिंदैनन् । हुन त ती वृद्धले आन्दोलनमा सहभागी हुन उनका दुई छोरालाई आग्रह गरिंदा पठाउन मान्दैनन् । उनी बिरामी भएर अस्पताल जान लाग्दा आन्दोलनकारीले बाटो छेकेपछि वृद्धको मृत्य हुन्छ । यसै पेरिफेरिमा रहेर टेलिचलचित्र निर्माण गरिएको छ । टेलिचलचित्रले उठाएका विषयहरु समयसान्दर्भिक र व्यङ्ग्यात्मक रहेको समीक्षक एवं लोक दोहोरी गायक वदराज भण्डारी बताउछन् । टेलिचलचित्रका निर्देशक कृष्ण भण्डारीले छयाङ्कन र रेकर्डिङमा कैयौं चूनौतीका सामना गरेर भएपनि काम सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका सदस्य दधी सुवेदीले ‘हाम्रा बा’ ले सबैको मन छून सफल हुने विश्वास व्यक्त गरे । हास्य कलाकार युवराज भण्डारीले फिल्म निर्माण गर्दा स्रोत र साधनको अभाव रहेको भन्दै फिल्मीमा पोखरा गरिब रहेको स्पष्ट पारे । उनले चूनौतीका बीच टेलिचलचित्र निर्माण भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
पश्चिमाञ्चल डिजिटल मुभि पोखराको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता ईश्वरी प्रसाद लम्सालले गरेका थिए । कार्यक्रममा पत्रकार नारायण भट्टराई, मुख्य सहायक निर्र्देशक राम बाँस्तोला, कलाकार मिलन लोहनी लगायतले पनि बोलेका थिए भने संचालन लोक दोहोरी गायक रुद्र प्रसाद लम्सालले गरेका थिए ।
Post a Comment