0
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत काठमार्डाैमा सुरु पौडी प्रतियोगिता अन्तर्गत बुधबार भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले २ सय मिटर ब्याक स्टोकमा रजत पदक जितेको छ । २ सय मिटरमा प्रतिस्पर्धा गरेका पश्चिमाञ्चलका खेलाडी शुभम् श्रेष्ठले रजत पटक जितेका हुन् । त्यस्तै पश्चिाञ्चलले ४ गुणा ४ रिलेमा तेस्रो स्थापन प्राप्त गरेको छ । प्रतियोगिताका लागि पौडिका लागी १० जना खेलाडी छनोट भएका थिए । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मंगलबार बिदाई गरिएको थियो । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खादा लगाएर विदाई गरेका थिए । पश्चिमाञ्चलबाट म्याग्दीका निकोन पुर्जा, पर्वतका रोशन पुन, गोर्खाका शुभम श्रेष्ठ, गोर्खाकै योगेश थापा, तनहुँका ऐलेन थापा, नवलपरासीका उत्सव पाठक, कास्कीका सन्तोष गुरुङ, विकास गुरुङ विजय भुजेल र मनाङका तेन्जिङ नाम्डोलरायन गुरुङले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिला वर्गमा रुपन्देहीकी इभा काफ्ले, म्याग्दीकी अन्जनी शेरचन, मुस्ताङकी सामाज्ञी गौचन, गोरखाकी श्रीया ढकाल र गोरखाकै सारा ढकाल सहभागी छन् । प्रशिक्षकमा रविन कुमार पोख्रेलले र ब्यवस्थापकमा प्रजापति दाहाल रहेका छन् ।
 
यसैबीच सातौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला खेलकुद विकास समितिले बुधबारदेखि गर्ने भनिएको छनोट प्रतियोगिता स्थागित गरिएको छ । देशको विशम् परिस्थितिका कारण प्रतियोगिता अर्को मिति तय नहुदाँसम्मका लागी स्थगित गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जनाएका छन्। समितिले बुधबारदेखि २९ गतेसम्म कास्की जिल्लामा सातौ खेलकुद प्रतियोगिताका लागी खेलाडि छनोट गर्ने बताएपनि प्रतियोगिता सुरु हुने दिन दिउसो मात्रै स्थगित गरेको सूचना प्रकाशन गरेको हो । कास्कीमा ३५ मध्य ३४ खेलमा खेलाडी छनोट गर्ने तयारी गरिएको थियो ।

Post a Comment

 
Top