0
अन्ततस् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । ओलीलाई एनेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका साना ठूला राजनीतिक दलहरुले समर्थन जनाइसकेकाले उहाँको विजय सुनिश्चित भइसकेको थियो । अन्तिम समयमा आएर विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत समर्थन जनाएपछि ओली नेतृत्वको सरकारको भावी यात्रा थप सहज बनेको छ । प्रमुख तीन दलबीच भएको बहुचर्चित भद्र सहमतिअनुरुप ओली सर्वसम्मतरुपमै प्रधानमन्त्री बन्ने स्थिति विकास भएको थियो । तर नेपाली कांग्रेस र स्वयं सभापति सुशिल कोइराला सहमतिबाट पछाडि हटेपछि निर्वाचन प्रक्रियाबाट मुलुकले नयाा प्रधानमन्त्री पाएको छ । संविधान घोषणा भएपछि प्रधानमन्त्री पद छोड्छु भनेर पटक–पटक भन्दै आउनुभएका सुशिल कोइराला अन्ततः आफ्नो अडानमा टिक्न सक्नुभएन । निर्वाचनमा जीत हार सामान्य कुरा हो । तर संविधान घोषणा गर्न प्रमुख भूमिका खेलेका कोइरालाको विचारमा आएको परिवर्तन अस्वाभाविक र सन्देहास्पद छ । उहाँकै पालामा नेपालमाथि नाकाबन्दी लगाउने छिमेकी मुलुक भारतले फ्याँकेको अस्त्रको शिकार बन्नुभयो कोइराला । यसले उहाँको राजनीतिक कद निकै घटाएको त छ नै साथै लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि यो घोर लज्जाको विषय बनेको छ । नेपालमा राजतन्त्र अन्त्य गर्दा होस् वा संविधान घोषणा गर्दा होस्, छिमेकी मुलुक भारत हरेकपटक कूटनीतिकरुपमा असफल सिद्ध हुँदै आएको छ । अहिले उसले नेपाल राष्ट्र र नेपाली जनतामाथि नाकाबन्दीजस्तो अमानवीय क्रूरता थोपरिरहेको छ । केपी ओली नेतृत्वको सरकार गठनपछि उसले कस्तो रबैया अपनाउँछ, यसबारे अहिल्यै क्यै भन्न सकिन्न । तर नयाँ सरकारको एउटा प्रमुख चुनौती भारतसागको सम्बन्ध सुधार गर्दै नाका सुचारु गर्नु हो । प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एमाले–एमाओवादी र एमाले–एमाओवादी–फोरम लोकतान्त्रिक बीच भएका विभिन्न सहमति कार्यान्वयनतर्फ अगाडि बढियो भने अबको यात्रा सहज हुनेछ । अब मधेशमा भइरहेको आन्दोलन शान्तितर्फ फर्कने आधार तयार भएको छ । अहिलेको खाँचो भनेको सहमतिको इमानदारीपूर्वक पालना गर्ने हो । घटनाक्रमले मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बसेको छ । कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्ने चाहना आम कांग्रेसजनको होइन र नेपाली जनताको पनि होइन । कांग्रेस सभापति सुशील कोइरालाले चाहेको भए उहाा सहजै राष्ट्रपति बन्ने स्थिति थियो । अब त्यो सम्भावना गुमेजस्तै भएको छ । सुशीलले आफ्नै पार्टीका जिम्मेवार नेता र कार्यकर्ताहरुको भावना बुझ्न सक्नुभएन । रातारात अप्रत्याशितरुपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णय लिनु उहााको ठूलो कमजोरी रह्यो । इतिहासले यसको मूल्यांकन गर्ने नै छ । ठूलो दल कांग्रेस प्रतिपक्षमा बसेपछि संविधान कार्यान्वयनमा असहजता आउन सक्छ । यसमा विशेषरुपमा सत्तापक्षले सचेतता अपनाउन सक्नुपर्छ । प्रतिपक्षले पनि संविधान कार्यान्वयनको स्वामित्व आफूले समेत लिनसक्ने किसिमको रचनात्मक भूमिका खेल्न सक्नुपर्छ । अहिलेको संक्रमणकालीन व्यवस्थाअनुसार छ महिनापछि फेरि सरकार हेरफेर गरेर कुर्सीको खेलमा लाग्ने गल्ती कुनै पक्षबाट हुनुहुादैन । बरु भविष्यमा कांग्रेस स्वयं सरकारमा सहभागी भई व्यापक राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ । दलहरुबीचको बलियो एकताबिना राजनीतिक स्थायित्व, शान्ति र विकास सम्भव नभएकोले कसैप्रति पूर्वाग्रह राख्नुपर्ने अवस्था विल्कुलै छैन । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको लामो राजनीतिक जीवन, इतिहास र पृष्ठभूमि छ । उहाँको राजनीतिक जीवन दुस्खकष्ट, संघर्ष र यातनाबाटै शुरु भएको हो । उहाँले झण्डै डेढ दशकको जेल जीवन र ५० वर्ष लामो राजनीतिक यात्रा पूरा गर्नुभएको छ । पछिल्लो चरणमा उहााले पार्टीभित्र बलियो एकता कायम गर्न सक्नु भएको छ । अब सिंगो राष्ट्रलाई एकताबद्ध बनाउने चुनौती उहाासामु छ । अडान भएको व्यक्तिको रुपमा उहाँलाई धेरैले मान्ने गर्छन् । ओलीको आगामी यात्रा कस्तो होला ? यो प्रतीक्षाको विषय हो । मुलुकमाथि समस्याका चुनौती मात्र होइन, सिंगै पहाडहरु छन् । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माण, तराई मधेशको आन्दोलन, छिमेकी मुलुकसंग मित्रवत् सम्बन्ध कायम गर्न वर्तमान सरकार कसरी अगाडि बढ्छ, यसमा सरकारको मात्र हैन, राष्ट्रको भविष्य गाासिएको छ । इतिहासको कठीन घडीमै नेतृत्वको परीक्षा हुने गर्छ । अहिले त्यो घडी आइपुगेको छ । यो परीक्षामा नयाँ प्रधानमन्त्री र उहाँले नेतृत्व गर्नुभएको सरकार कति खरो, इमानदार र प्रतिवद्ध बन्न सक्छ, त्यसमै यसको भविष्य निर्धारण हुनेछ ।


Post a Comment

 
Top