गोल्डेन न्यूज संवाददाता
नेपाल सरकार कृषि विकास मन्त्रालय योजना तथा जनशक्ति महाशाखाका उप–सचिव योगेन्द्र कुमार कार्कीले कृषिको ब्यवसायिकता विना हामीले परिकल्पना गरेको नेपाल बन्न नसक्नेमा ठोकूवा गरेका छन् । जिल्ला कफि उत्पादक संघ कास्कीको १३औं बार्षिक साधारण सभाको बिहीबार लेखनाथमा उद्घाटन गर्दै उप सचिव कार्कीले कृषिलाई व्यवसायिक उत्पादन तर्फ लैजानका लागि सरकारी स्तरबाट नयाँ नयाँ योजनाहरु आईरहेको अवस्थामा किसानहरुले पनि संगठित भएर सामूहिक लगानीको माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाललाई कृषि प्रधान देश भन्ने तर यहाँका खेत बारीहरु भने बाँझै राखेर रोजगारीका लागि विदेशिने युवाहरु तर्फ लक्षित हुँदै कार्कीले स्वदेशमा नै केहि गर्न खोज्नेहरुका लागि सरकार तयार छ त्यसका लागि ब्यवसायिक योजना चाहिन्छ जसले नेपालको अर्थतन्त्रलाई वलियो बनाउन सकोस् उनको भनाई थियो ।
कार्यक्रममा नेपाल कफी ब्यवसायिक महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद भण्डारीले नेपालको अर्थतन्त्रलाई वलियो बनाउनका लागि ब्यवसायिक उत्पादन हुनुपर्छ जुन कफिको माध्यमबाट सम्भव छ भन्दै भण्डारीले निर्यात योग्य बस्तुको प्रबद्धनमा सरकारी योजना र सहयोग चाहिन्छ किसानहरु ब्यवसायीक कफि उत्पादन गर्न तयार हुने बताए ।
कार्यक्रममा नेपाल कफी ब्यवसायिक महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद भण्डारीले नेपालको अर्थतन्त्रलाई वलियो बनाउनका लागि ब्यवसायिक उत्पादन हुनुपर्छ जुन कफिको माध्यमबाट सम्भव छ भन्दै भण्डारीले निर्यात योग्य बस्तुको प्रबद्धनमा सरकारी योजना र सहयोग चाहिन्छ किसानहरु ब्यवसायीक कफि उत्पादन गर्न तयार हुने बताए ।
जिल्ला कफि उत्पादक संघ कास्कीका अध्यक्ष विश्ववन्धु पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा कफि महासंघका ढकेश्वर घिमिरे, जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईराला, बागबानी अनुसन्धान केन्द्र नार्कका तिर्थराज पोख्रेल, राष्ट्रिय चिया तथा कफि बोडका प्रेम आचार्य,कास्की जिल्ला कफि सहकारी संघका अध्यक्ष आनन्द सुवेदी, कार्यक्रम संयोजक कुलचन्द्र अधिकारी र सम्पुर्ण किसानहरुको तर्फबाट फडिन्द्रमोहन शर्मा लगाएतले कास्कीमा कफिको प्रशस्त सम्भावना रहेकाले खेर गईरहेका बारीहरुमा कफि लगाएर नेपाललाई कफिबाट आत्मनिर्भर बनाउन सकिने सुझाव राखेका थिए । संघका सचिब विन्दुचन्द्र बरालले संचालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष तारामणि घिमिरेले आर्थीक प्रतिबेदन र सदस्य दिपक कोईरालाले स्वागत मन्तव्य राखेका थिए भने असल कृर्षिक अर्जुन लम्साल,देवी परियार,दुर्गा क्षेत्रि र बेलबहादुर थापालाई सम्मान गरिएको थियो ।
Post a Comment