0
गोल्डेन न्यूज संवाददाता
सिटी रेवानको आयोजना पोखरामा चौथो सिटी रेवान दशंै महोत्सव तथा फुड फेष्टिबल शुरु भएको छ । पोखरा रङ्शालामा शुरु भएको महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको आकर्षणमा लोक दोहोरी गीत प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, चर्चित कलाकारको प्रस्तुति, एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगिता, बाल उद्यान र दशैं उपभोग्य बस्तुहरुको प्रदर्शनी रहने छ । महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न व्यवसाय, रेष्टुरेण्ट, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका स्ट्रल रहने छन्। महोत्सव उद्घाटन पूर्व बाजागाजा र झाँकी सहितको ¥याली निकालिएको थियो । पोखराको मानव अधिकार चोकबाट शुरु भएको ¥याली नयाँबजार, पृथ्वीचोक हुदै रङ्गशालामा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।
 
महोत्सवको उद्घाटन गर्दै पर्यटन सचिव दिनेशकुमार थपलियाले मेला र महोत्सवले पर्यटन विकासको आधारशिला तयार पार्ने बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका निमित्त क्षेत्रीय प्रशासक दिवाकर वाँस्तोला, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष मिनराज काफ्ले, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष प्रजापति पराजुली, सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जीवि श्रेष्ठले बोलेका थिए ।  सिटी रेवान पोखराका अध्यक्ष के.पी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष पिताम्बर पौडेलले स्वागत र महासचिव दिपक तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top