गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा नं ५ स्थित पस्र्याङ रातामाटा महिला आमा समूहको सक्रियतामा बाल क्लब गठन गरिएको छ । आमा समूहकी अध्यक्ष गोमा सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय टोल सदस्यका १४ बर्ष मुनिका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र बालअधिकार सम्बन्धी सचेतनाका लागि पोखरा उपमहानगरपालिकाको घोषित नीति तथा कार्यक्रम अनुसार बालक्लब गठन गरि बालबालीकाको सर्बाङ्गिण विकासमा सहयोग पुग्ने उद्देश्य रहेको समूहकी अध्यक्ष गोमा सोतीले बताइन ।
कार्यक्रममा ५५ जना बालबालिका तथा आमा समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी बालबालिका मध्यबाट ११ सदस्यीय बालक्लब गठन गरिएको छ । क्लवको अध्यक्षमा अबिरल पौडेल, उपाध्यक्षमा सुशान्त तिमिल्सिना, सचिवमा अस्मिता भण्डारी, कोषाध्यक्षमा निश्चल ढकाल, सह–सचिवमा सायना गुरुङ र सदस्यहरुमा सुजित पाठक, विजय सोती, पूर्णिमा पौडेल, सिजन भटटराइ, कृपा श्रेष्ठ, मनिष श्रेष्ठ चयन भएका छन भने सल्लाहकारमा गोमा सोती, पबित्रा शर्मा, सिता पौडेल, लक्ष्मी दाहाल र बिनिता तिमिल्सिना रहेका छन । वडा दशंै २०७२ घरआँगनमा आइरहेको अवसरमा शुभकामना आदानपदान तथा रातामाटा टोल तथा पस्र्याङ्का बिभिन्न स्थानहरुमा सरसफाइ समेत गरिएको रातामाटा महिला आमा समूहका सचिव पबित्रा शर्माले बताएकी छन ।
Post a Comment