आवेग र भावावेग हाम्रो पुस्तैनी पहिचान हो जसलाई आजपर्यन्त हामीले साँचिरहेका छौँ र प्रयोग पनि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणमा जब उनले नेपालको संविधान सभामा भाषण गरे नेपाल आप्mनो सब भन्दा नजिकको मित्र राष्ट्र हो । नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र मुलक हो र बुद्ध नेपालमा जन्मेका थिए । हामी त्यतिबेला संसदमा मरिमरि टेबल ठटाउनुमा मग्न रह्यौँ र बाटोमा आवेगमा मोदी हाई हाईमा मस्त । सबै जसो बुद्धिजीवि, पत्रकार, लेखकहरुले नेपाल र भारतको मित्रतामा नयाँ आयाम थपिएको र अब नेपाल भारत सम्वन्ध पहिले भन्दा प्रगाढ बन्ने सपना देख्यौँ । त्यतिबेला हामी कसैले पनि चीजलाई द्वन्द्वात्मक भौतिकवादी आँखाले हेर्न र विश्लेषण गर्न सकेनौँ की चिल्ला र चिप्ला कुराभित्र कुनै शकुनी षड्यन्त्र लुकेको हुन सक्छ जो मौका आउनसाथ सतहमा आइहाल्छ बस् यतिबेला भयो त्यही र हिजोका जयजयकार आवेगहरु आज क्षणभङ्गुर बन्न पुगेका छन् र मोदीले दुईवर्षको अन्तरालमा नेपालबाट आफुलाई निर्वस्त्र तुल्याएकाछन् ।
नेपालले भर्खर मात्र एउटा बुढो इतिहास बोकेको अपुरो सपनालाई साकार पा¥यो । नागरिकले चुनेका प्रतिनिधिले विगत आठ नौ वर्षदेखि चलाईरहेको बबण्डर छलफल, टिकाटिप्पणी आरोप प्रत्यारोप आदि आदिबाट जब संविधान सभाले यसपटक नयाँ संविधान जारी गर्ने पक्का ग¥यो तब दक्षिणी छिमेक सामान्य कुटनीति समेत बिर्सेर नेपालमा विशेष दुत पठाएर आप्mनो हैकमका उदात्त फरमान जारी गर्ने तहसम्म गिर्न पुग्यो । विशेषत तराई मधेशमा त्यहाँका जमिन्दार, शोषक, सामन्त र इण्डियाबाट नेपाल पसेका अंगिकृत नागरिकता वालाहरुको अगुवाईमा वैधानिक रुपबाट नेपाललाई सिक्किमीकरण गर्र्ने भारतको अभिष्ट पुरा नहुने अवस्था सिर्जना भयो तब भारतले नेपालको नयाँ संविधानलाई स्वीकार्न इन्कार ग¥यो । परिणाम यतिबेला नेपालले भारतबाट अघोषित नाकाबन्दीको सामना गरिरहनु परेको छ ।
यतिबेला तराई जलिरहेको छ । मुलधारका राजनीतिक दल सायद सत्ता समिकरणको जोड घटाउमा समय व्यतित गरिरहेका छन् तिनको काम नै त्यति छ कसरी हुन्छ सत्ताको मुहुनीदार कुर्चिमा विराजमान हुने र इतिहासमा नाम लेखाउने । यही मेसोमा यतिबेला देशले दक्षिणी छिमेकीबाट पुनः अघोषित नाकाबन्दी ब्यहोर्नु परेको छ । सन् १९६५ मा पारवहन सन्धीमा नेपाल र भारत दुवैले हस्ताक्षर गरेका छन् र दुवै राष्ट्र डब्लुटिओको सदस्य पनि रहेको अवस्थामा विश्वमा रहेका ४४ ओटा भुपरिवेष्टित राष्ट्रहरुले छिमेकी राष्ट्र हुँदै समुन्द्रसम्मको पारवहन सुविधा पाउने भन्ने राष्ट्र संघीय महासन्धि, सन् १९७३ मा जमैकाको मोन्टेगोमा सम्पन्न सामुद्रिक कानुन सम्वन्धि संयुक्त राष्ट्र संघीय सम्मेलनले तय गरी सन् १०८२ पारित सो कानुनले भाग १० को धारा १२४ देखि १३२ सम्म भुपरिवेष्ठित राष्ट्रको समुन्द्रसम्मको निर्वाध आवत जावतलाई गरेको ग्यारेन्टि, विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साप्mटा) बिम्सेटक, नेपाल भारत व्यापार सन्धि लगायत अन्तराष्ट्रिय कानुन र सन्धि सम्झौताबाट बच्न भारतले अघोषित नाकाबन्दी गरेको छ र कारण नेपालको आन्तरिक मामिला र तराई मधेशको कथित आन्दोलनलाई देखाईरहेको छ । विडम्बना आफुलाई नेपाली हुँ भन्ने मधेशका ठालुहरुले दशगजा जहाँ कुनै पनि आन्दोलन र सभा समारोह गर्न पाइँदैन त्यसभित्र पसेर मनपरी नेपाली राष्ट्रियताका विरुद्ध बोलिरहेका छन् । भारतीय भूमिमा भारतीय केही विशेषत सत्तारुढ दलका भातृ सङ्गठनले पाल टाँगेर आन्दोलनकारीलाई भोजन खुवाईरहेका छन् र भारतीय सीमाबाट त्यहाँका सुरक्षाकर्मीका अगाडीबाट नेपालका सुरक्षाकर्मीहरु माथी ढुङ्गा मुढा र बोटल प्रहार हुन्छ यसले प्रमाणित गर्छ भारत नेपाललाई सिक्किमीकरण या भुटान बनाउन चाहन्छ र जुन पार्टीको सरकार आएपनि भारतको नेपाल नीति उही रहन्छ जो त्यहाँको खुफिया संस्था रले निर्धारण गर्छ । रको कार्यक्रममा सरकारले आफुलाई सहभागी गराउने गर्छ बस् । संयोग २०४५ सालको भदौ ५ गते गएको भुकम्पपछि भारतले १३ महिना नेपाललाई नाकाबन्दी लगाएको थियो र यसपाली पनि गत वैशाख १२ को विनाशकारी महाभुकम्प र त्यसले पु¥याएको मानवीय र भौतिक क्षतिको नाममा गोहीको आँसु चुहाएको भारतले पुनः नेपाललाई नाकाबन्दी लगाएको छ ।
देशका दाश मानसिकता बोकेका पुरातनपन्थी राजनीतिज्ञहरु को अदुरदर्शीता र भारत भक्तिको परिणाम हामी सधैं भारतप्रति भरनिर्भर हुनुपरेको छ । यतिबेला नेपाली जनता आहत बन्न पुगेका छन् र तिनले नेपालमा सरकार छ या छैन महशुस गर्न सकेका छैनन् । आप्mनो हक अधिकारको लडाईँमा विदेशीको इशारामा देशलाई आघात पु¥याउने तथाकथित मधेशी नेताहरुको राजनैतिक अभिष्ट के हो ? राज्यले तिनलाई देशद्रोही करार गर्न किन सकिरहेको छैन । चालिस लाख भारतीयहरुले नेपालबाट लिएको नागरिकताको छानविन र त्यसको खारेजी हुनु जरुरी छ जसको कारण नेपाल क्रमशः अस्थिरताको मार्गतिर धकेलिँदै छ र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वतन्त्रतता समेत खतरामा पर्दै गईरहेको छ यो बेला निदाउने बेला जरुर हैन भारतीय हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गरी भारतको दादागिरिको भण्डाफोर गर्न बेला आएको छ । तर नेपाल सरकार, नेपालका राजनैतिक दलको मौनताले पुनः एकपटक नेपालले स्वाधिन र स्वतन्त्र भएर बाँच्न सक्ने मौका गुमाउने खतरा देखिदैछ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणको लागि हाम्रो भौगोलिक विविधतालाई सदुपयोग गर्ने नीति बनाउन चुकेकै कारण र सधैं दक्षिण फर्किएर बाँच्नमा गर्व गरिएकै कारण नेपालले अहिलेको अवस्था ब्यहोर्नु परेको हो । दक्षिणको योजनामा नेपालको सरकारको फेरबदल, नेपालको आन्दोलनको उत्कर्ष र अन्त अनि दक्षिणको योजनामा नेपालको प्राकृतिक सम्पदाको दोहन र दक्षिणको योजनामा यहाँका निर्वाचन क्षेत्रको निर्धारण र दक्षिणका मान्छेहरुको बसोवासको प्रवन्ध हामीले भोगिरहेको र मौन सही रहेको नियति हो यो ।
जब जब नेपालमा राष्ट्रियताका कुरा उठ्छन्, सडकमा राष्ट्रियताका नारा लाग्छन् एउटा वर्ग जो सहरमा विलाशिताको जिन्दगी व्यतित गरिरहेको हुन्छ उ मौन बस्छ, सहरका बुद्धिजीवि, लेखक, पत्रकार, उद्यमी, ब्यापारी लगायत आम सर्वसाधरण मौन बसेर आन्दोलनको विरोध गर्छन् त्यो सबको परिणती हो बेला बेला भारतबाट हुने नेपालमाथीको हस्तक्षेप । यतिबेला नेपालमा फेरी राष्ट्रियताको एउटा नयाँ लहर सिर्जना भएको छ । देशभक्तहरु स्वतस्र्फुत सडकमा राष्ट्रिय झण्डा बोकेर भारतीय विस्तारवादको विरुद्ध अन्तिम युद्ध लड्ने तर नझुक्ने संकल्प गरेका छन् तर सडकमा नेतृत्व शुन्यप्राय छ । हाम्रो नेतृत्व न मधेशीसँग सार्थक वार्ता गर्छ । न मधेश झरेर आम सर्वसाधरणलाई संविधानको अन्तरवस्तुबारे अवगत गराउँछ । न भारतसँग सार्थक वार्ता गरेर नाका खुलाउन सक्छ । न अन्तर्राष्ट्रिय अदालतमा भारतीय रवैयाको विरुद्ध मुद्दा हाल्न सक्छ । यही स्थिति रहे अबको केही वर्षमा नेपालको तराई भूभाग हुलहुज्जत र दक्षिणको नाकाबन्दीबाट त्यो छुट्टै देश या भारतमा गाभिन सक्छ । किनकी राष्ट्रियतामाथि यति ठूलो धक्का लाग्ने काम सायद इतिहासमा कहिल्यै भएको थिएन जसको विरुद्धमा नेपालका शासक, र यहाँका राजनैवधस्तिक दल किन एक भएर सडक, सदन र अन्तर्राष्ट्रिय स्तरमा उभिन सकिरहेका छैनन् ।
आम नागरिक भारतीय विस्तारवादका विरुद्ध सडकमा छन् तर सरकार ठोस रुपमा प्रस्तुत हुन सकिरहेको छैन । अबको नेपालको नीति के हुने ? नेपालले कसरी अन्तराष्ट्रिय रुपमा भारतको रवैयाको भण्डारफोर गर्ने र चीनसँगका उत्तरी नाकाहरु खुलाउने सडकको स्तरोन्नती कसरी गर्ने र क्युवा या उत्तर कोरियाले जसरी हामीले पनि कसरी आत्मनिर्भर हुने र हाम्रो राष्ट्रिय स्वाधिनतालाई कसरी सुरक्षा गर्ने र कसरी नेपाललाई एउटा सार्वभौम सत्ता सम्पन्न मुलुक बनाउने यसतर्पm हाम्रो नेतृत्व पंक्ति मौन देखिन्छ । सायद संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका मोदी महोदयको भारत फिर्तिपछि सब सहज हुने आकलनसाथ सरकार र राजनीतिक दलहरु पर्ख र हेरको रणनीतिमा छन् जो हाम्रो सुखद भविष्यको निमित्त घातक सिद्ध हुनेछ । चेतना भया !
Post a Comment