गोल्डेन न्यूज संवाददाता
विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल संवत ११३६ को अवसरमा गौडाकोमुख भद्रकाली चोकमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । बालगोपाल भजन कीर्तन सेवा समिति, बालगोपाल आमा समूह र बालगोपाल युवा समितिको संयुक्त आयोजनामा तेस्रो खुल्ला रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा १८ वर्षका एलिस देखि ५६ वर्षका केशवकुमार द्वा लगायतले उत्सापूर्वक रक्तदान गरेका रक्तदान कार्यक्रमका संयोजक अमृतकुमार श्रेष्ठले वताए । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चलका निमित्त क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले मानवीय सेवा नै ठूलो धर्म भएको बताए । दान मध्ये सवै भन्दा ठूलो दान जीवन दान भएको प्रशासक बाँस्तोलाले चर्चा गरे । प्राध्यापक तारा वरालले रत्तदाताले दिएको हजारौं मानवको जीवन बचाउने सहयोग पुगेको वताए । रक्तदान जीवन दान हो भनेर अझै समाजमा जनचेतनाको आवश्यकता रहेको प्राध्यापक बरालले उल्लेख गरे । बालगोपाल युवा समितिका संस्थापक अध्यक्ष कल्याण ढेवाजुले रक्तदान कार्यक्रम सफल पार्न वभिन्न व्यक्तिहरुले उल्लेखनीय सहयोग गरेका जानकारी दिए । कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने राधा श्रेष्ठले रगत नदिंदै लागेको डर आज रक्तदान गरेपछि सवै डर भागी खुसी लगेको अनुभव सुनाइन् । चौथो पटक रगत दिएका धिरोज ढेवाजूले रगत दिएपछि शरीरमा जाँगरपन बढेको अनुभव सुनाए । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रका धुब्र लामिछानेको समूहले सहयोग गरेको थियो ।
बालगोपाल भजन कीर्तन सेवा समितिका अध्यक्ष डम्बरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख किशोरदत्त बराल, ब्रम्हकुमारी अप्सरा लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने स्वागत बालगोपाल भजन कृर्तन सेवा समितिका सल्लाहकार रामगोपाल ढेवाजू र संचालन मिना श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र सुरक्षा श्रेष्ठले गरेका थिए ।
Post a Comment