गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ लेखनाथले गलिायन्स क्लव अफ पोखरा टुरिजम सिटीले पोखरामा आयोजना गर्न लागेको लायन्स नाइट २०७२ को तयारी तीव्र पारिएको छ । सिटीले पोखराका लायन्स क्लवहरुबीच लायन्स नाइटको पूर्वसन्ध्यामा छलफल गरी सुझाव संकलन गरेको छ । यही असोज २६ गते रोयल पाम रिसोर्ट चाउथेमा हुने कार्यक्रमको अहिलेसम्म ७५ प्रतिशत तयारी पूरा भएको कार्यक्रमका प्रचार–प्रसार संयोजक संजय मल्लले बताए । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ पोखरा सेतीगण्डकीका अध्यक्ष मिलन थापाले लायन्स क्लवहरुबीच यस्ता कार्यक्रमले भाईचारा अभिवृद्धि तथा आत्मियता बढाउनका लागि पुलको काम गर्ने बताइन । उनले जुन उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो त्यसमा केन्द्रित रहेर कार्यक्रमबारे सफलता पाउन सकिने बताइन । लायन्स क्लव डिष्ट्रिक्ट ३२५ बी १ का ब्लड बैंक स्टाबिलिसमेन्ट चियरपर्सन लायन सोनाम साङपोले गभर्नरको सम्मानका लागि तथा विद्यालय सहयोगका लागि गर्न लागिएको कार्यक्रमको सफलताको शुभकामना दिँदै कार्यक्रममा हुने खर्चलाई सकेसम्म कम गर्न आग्रह गरे ।
लायन्स क्लव अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन प्रदिप कुँवरले समाजमा आफ्नो सामाजीक उत्तरदायित्वलाई वहन गर्दै युवाहरु पनि समाजसेवामा सक्रिय छन् भन्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रमबाट बचेको रकम भूकम्पबाट जीर्ण बनेका कास्कीको एउटा विद्यालय पुनःनिर्माणमा खर्च गरिने बताए ।
कार्यक्रममा लायन्स क्लव अफ पोखरा पिस सोसाइटीका अध्यक्ष रुद्र बहादुर केसी, टुरिजम सिटीका सह–सचिव किसन गिरी, लायन्स क्लव अफ पोखरा आँगनका निवर्तमान अध्यक्ष ममता गुरुङ्ग, लायन्स क्लव अफ पोखरा ब्युटी सिटीका अध्यक्ष चिनु गुरुङ्ग, पोखरा क्लव अफ पोखरा लामाचौरका अध्यक्ष लक्ष्मी क्षेत्री पाण्डे, लायन्स क्लव अफ पोखरा सेन्ट्रल स्टारका द्वितीय उपाध्यक्ष सरोज अधिकारी, लायन्स क्लव अफ पोखरा ग्रिन सिटीका अध्यक्ष प्रकाशसिंह भण्डारी, लायन्स क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष कृष्ण श्रेष्ठ लगायतले बोलेका थिए । क्लवका अध्यक्ष प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुदिप पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव सञ्जय मल्लले गरेका थिए ।
Post a Comment