गोल्डेन न्यूज संवाददाता
पहिचानसहितको संघीयता, तमुवानसहितको संघीय संविधानको माग राख्दै आन्दोलन शुरु गरेको तमुवान संयुक्त संघर्ष समितिले बुधवार तमुवानको राजधानी पोखरामा पाँच क्षेत्रीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहित क्षेत्रीय संघर्ष समितिहरु पनि गठन गरेको छ । पोखरा उपमहानगर पालिकाको वडा नं. १०, १४, १५ र १८ को भँवरकोट पार्टी प्यालेसमा, वडा नं. ११, १२ र १३ को नादा तमु समाजमा, वडा नं. १६ र १९ को अमरदीप तमु समाजमा, वडा नं. १,२,३ र ४ को मिरुवा तमु समाजमा र वडा नं.६,७ र १७ को तमु सहयोग समिति पार्दीको सभाहलमा क्षेत्रीय भेलाहरु सम्पन्न भएको हो । भँवरकोट पार्टी प्यालेसमा सम्पन्न वडा नं. १०, १४, १५ र १८ को भेलामा तमुवान संयुक्त संघर्ष समितिका तमुवान प्रदेश संयोजक हुमबहादुर गुरुङ, सांसद डिलवबहादुर नेपाली, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष जितबहादुर गुरुङ मामा, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, महिला अगुवा पुष्पा गुरुङ लगायतले जारी संविधानको विरोध किन र तमुवान आन्दोलनको विविध पक्षमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
तमुवान संयुक्त संघर्ष समिति वडा नं. १०, १४, १५ र १८ क्षेत्रीय इकाई समितिका संयोजक एस टु ओ हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक डम्बरसिंह गुरुङ, संचालन फरेन्द्र थापा मगर र उदिम गुरुङले गरेका थिए । उक्त क्षेत्रको यस अघि नै संघर्ष समिति गठन भई क्रियाशील रहेको छ । यसरी नै वडा नं. ११, १२ र १३ को नादा तमु समाजमा आयोजित बृहत भेलामा तमुवान आन्दोलनका अगुवाहरु दिपक तामाङ, गिरीप्रसाद गुरुङ, क्याप्टेन मदनप्रसाद गुरुङ, ई.मनकाजी गुरुङ, क्या.मनबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । बृहत भेलाले तमुवानको आन्दोलनलाई सशक्त बनाउन वडा नं. ११, १२ र १३ का राजनीतिक, सामाजिक, धार्मिक संघ संस्था तथा जनतालाई तमुवान प्राप्तिका लागि गोलबन्द गर्दै संघर्षरत रहन ईन्स्पेक्टर.मनकाजी गुरुङको अध्यक्षता र टेकबहादुर तामाङ सचिव रहेको ४५ सदस्यीय क्षेत्रीय संघर्ष समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा क्या. मदनप्रसाद गुरुङ, गमप्रसाद गुरुङ, गम्भीरसिंह गुरुङ, केशबहादुर तामाङ, बेलमाया तामाङ, सुवेदार चन्द्रबहादुर गुरुङ, सु.गञ्जमान गुरुङ, सई रुद्रबहादुर गुरुङ, राजन गुरुङ, प्रेमबहादुर गुरुङ, चिनबहादुर गुरुङ, खडकबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, सु.टेकबहादुर गुरुङ, आसबहादुर गुरुङ, सु. इन्द्रबहादुर गुरुङ लगायत रहेका छन् । कार्यक्रम नादा तमु समाजका अध्यक्ष गमबहादुर गुरुङको अध्यक्षता, स्वागत सुवेदार नौबहादुर गुरुङ र चन्द्र तामाङले संचालन गर्नुभएको थियो । कार्यक्रममा उक्त क्षेत्रका सामाजिक अगुवाहरुको बृहत सहभागिता रहेको थियो ।

यसरी नै वडा नं. १६ र १९ को भेलाले जगनबहादुर गुरुङको अध्यक्षतामा २२ सदस्यीय तमुवान संयुक्त संघर्ष समिति क्षेत्रीय इकाई समिति गठन गरिएको छ । तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.तमबहादुर गुरुङको अध्यक्षता र सचिव सुवेदार गमबहादुर गुरुङको संचालनमा भएको भेलामा तमुवान संघर्षका अगुवाहरु सुन्दर गुरुङ, पुरनध्वोज गुरुङ लगायतले तमुवानको अधिकारका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
यसरी नै मिरुवा तमु समाजमा सम्पन्न भेलामा तमुवानका अगुवाहरु देवीराज गुरुङ, आसबहादुर गुरुङ, सन्देश गुरुङ, धर्मराज गुरुङ, पदबहादुर गुरुङ, कविता गुरुङ लगायतले तमु लगायर्त तमुवानको अधिकारका बारे सबै सचेत भई संघर्षरत रहनुपर्नेमा जोड दिए ।

यसैवीच तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले असोज १५ गतेदेखि तमुवान भित्रका राजमार्गहरु अनिश्चितकालीन बन्द कार्यक्रमलाई परिमार्जन गरी बिहीवारदेखिमा राजमार्गमा पदयात्रा शुरु गर्ने निर्णय गरेको छ । देशमा पेट्रोलियम पदार्थ लगायत उपभोग्य सामग्री अभाव भईरहेको बेला जनताका अधिकार स्थापित गर्न आव्हान गरिएको आन्दोलनले जनतालाई थम पिडा दिने भएकाले राजमार्ग बन्दलाई परिमार्जन गरेको बताइएको छ । राजमार्ग यात्रा कार्यक्रम विहीवार पोखराको लखनचोकबाट शुरु गर्ने भएको छ । यात्रालाई दैनिक रुपमा अघि बढाउदै तमुवानको आन्दोलनमा जनतालाइ गोलबन्द गर्दै लैजाने दावी गरिएको छ । अनिश्चितकालिन राजमार्ग बन्द वर्तमान परिस्थिति र विभिन्न नागरिक समाजहरुले आग्रह तथा शुभेच्छुकहरुको सुझावलाई मध्यनजर राख्दै हाललाई कार्यक्रम परिमार्जन गरिएको तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले बताए ।
Post a Comment