0
गोल्डेन न्यूज संवाददाता
संचार व्यवसायी समिति कास्कीको २०औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशन र संचार बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा तथा ंप्रथम अधिवेशन संयुक्त रुपमा मंगलबार सम्पन्न भएको छ । २०५३ साल स्थापित कम्युनिकेशन एवं साइबर व्यवसायीहरुको संस्था संचार व्यवसायी समितिका सदस्यद्वारा २०६९ सालमा  संचार बचत तथा ऋण सहकारी संस्था स्थापना गरी वित्तीय कारोबार संचालन गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीका सात सिद्धान्तको मर्म र भावनालाई सहकारीले आत्मसात गर्नुपर्ने भन्दै सहकारी अनुगमनले संस्थालाई झन् मजबूत बनाउने बताए । उनले अर्थतन्त्रको विकसित रुप सहकारी भएको भन्दै आर्थिक विकासको लागि सहकारी मेरुदण्ड बन्दै गएको बताए । कार्यक्रमका विशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदिप ढकालले देश भर ३२ हजार सहकारी भएको र झण्डै ५० लाखले प्रत्यक्ष रोजगारी पाएको भन्दै यसलाई अझै व्यवस्थित र उत्पादनमूलक बनाउन सके परनिर्भरता अन्त्य हुने बताए । दीर्घकालिन सोच र काम भन्दा बढि भाषण हुने गरेकाले सोचे जस्तो उपलब्धि सहकारीले हासिल गर्न नसकेको उनको भनाइ थियो ।
 
त्यसैगरी कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन ढुंगानाले सहकारी बीच साझेदारी गर्दै उत्पादनमूलक क्षेत्रतिर सहकारी जानु पर्ने बताए । कोपिला बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम प्रसाद पौडेलले देशको अस्थिर राजनीति, उपयुक्त सहकारी नीतिको अभावले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण सुरक्षित गर्न नसकेको बताए ।
 
कार्यक्रममा संचार व्यवसायी समितिका संस्थापक सचिव देविराज गुरुङ, निर्वतमान अध्यक्ष वीरबहादुर गुरुगंले समय क्रम संगै व्यवसायमा उतार चढाव आएपनि संचार व्यवसायी संस्था एक नमूना योग्य संस्था भई सामाजिक एवं वित्तीय क्षेत्रा छाइरहेको बताए । अधिवेशनबाट संचार व्यवसायी समितिमा विनोद ढुंगानाको अध्यक्षता ९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्ष धनञ्जय पौडेल, सचिवमा प्रेम दाहाल, कोषाध्यक्षमा रुद्र के.सी, सह–सचिवमा निम प्रसाद गुरुङ र सदस्यहरुमा पवित्रराज तिवारी, युवराज खनाल, उत्तम जोशी र दिपेन्द्र आले रहेका छन् ।
 
त्यसैगरी संचार बचत तथा ऋण सहकारीको साधारणसभाले  धनञ्जय पौडेललाई अध्यक्षमा चयन गरेको छ । समिति उपाध्यक्षमा प्रेम दाहाल, सचिव पवित्रराज तिवारी, कोषाध्यक्ष युवराज खनाल, सदस्य जमुना शर्मा, पवित्रा थापा, रुद्र के.सी, रवि प्रसाद आर्चाय, विनोद भुजेल रहेका छन् । त्यसैगरी लेखा समितिमा रेशम खड्काको संयोजकत्वमा दिपेन्द्र आले र गणेश पराजुली सदस्य रहेका छन् । सोही अवसरमा संस्थाका सदस्यका एस.एल.सी. उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो भने, संस्थाका सदस्य जमुना वर्षा शर्मा संचारिका समूह पश्चिमाञ्चल को अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई सहित सम्मान पत्र र दोसल्लासाथ सम्मान गरिएको थियो । विनोद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत धनञ्जय पौडेलल गरेको थियो भने संचालन दुई संस्थाका सचिवद्वय पवित्रराज तिवारी र प्रेम दाहालले गरेका थिए ।




Post a Comment

 
Top