गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ शान्तिवनमा रहेको शान्तिघाट आमा समूहको चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भयो । कार्यक्रममा विजयादशमी, शुभ दीपावली एवं छठपर्वको शुभकामना आदन–प्रदान समेत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य राधा गौतमले महिलाहरुले विगतदेखि नै विभिन्न खालको हिंसाको सामना गर्दै आउनु परिरहेको बताइन । उनले बर्तमान अवस्थासम्म आईपुग्दा महिलाहरु धेरै नै सचेत भएको भएपनि अझै पनि केही हदसम्म हिंसाको सामना गरिरहन परेको स्पष्ट पारिन । उनले भननि–‘महिला हिंसा न्युनिकरणका लागि गाउँ–गाउँ, टोल–टोलमा गठन भएका आमा समूहहरु, टोल विकास संस्थाका साथै अन्य सामाजिक संघ–संस्थाहरुकाृ आगुवाइमा महिला तथा घरेलु हिंसा विरुद्ध आवाज उठाउन थप मद्धत मिलेको छ ।’ कोही कसैले पनि हिंसा सहन लुकाउन नहुने भन्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गौतमले हिम्मत नहार्न र हिंसामा परेका महिलाहरुलाई सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा विशेष अतिथि वडा सचिव लोक दर्शन कोईराला, टोल विकास संस्था वडा समन्वय समिति पोखरा–९ का अध्यक्ष उत्तम जोशी, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराई, वडा नं. ९ नगर महिला वडा समन्वय समितिका अध्यक्ष दिलमाया गुरुङ, शान्तिवन वाटिका टोल विकास संस्थाका अध्यक्ष बलराम पहारी, शान्तिवन आमा समूहकी अध्यक्ष कृष्ण कुमारी चौधरी, सत्येश्वर आमा समूहकी अध्यक्ष बिष्णु माया श्रेष्ठ, समाजसेवी दुर्गा देवी पहारी, नेकपा एमाले वडा नं. ९ का अध्यक्ष प्रकाश शर्मा, वडा नागरिक मञ्चका संयोजक लेखुराम खती लगायतले आ–आफ्नो भनाइ राखेका थिए । समूहकी अध्यक्ष निरु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरस्वती श्रेष्ठले वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम संचालन, कोषाध्यक्ष प्रतिमा गुरुङले आयब्यय आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी पहारीले स्वागत मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा समाज र टोल विकास संस्थालाई विशेष सहयोग प्रदान गर्ने पोखरा–९ शान्तिवनका दुर्गा देवी पहारी, शान्तिवन टोल विकास संस्थाका उपाध्यक्ष शेषनारायण पौडेल र शान्ति दर्शन पार्क निर्माण समितिका अध्यक्ष बेलदास पहारीलाई सम्मान गरिएको थियो ।
Post a Comment