पोखरा उपमहानगरपालिका वडा नं. ८ सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पस पोखराको १७औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै क्याम्पसका संस्थापक अध्यक्ष प्रेमनारायण बरालले उच्चस्तरीय शिक्षाको लागि क्याम्पसले प्रगति गरिरहेको भन्दै थप व्यस्थित गरेर आफू अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई विभिन्न क्रियाकलाप हरुमा क्रियाशिल बनाउँदै नेपालको अध्ययनले वैदेशिक रोजगारीभन्दा स्वदेशी उद्यमी बनाउने खालका शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकारहरु रामजी बराल, पर्शुराम बराल, देवराज चालिसेले क्याम्पसको नाम अझ व्यापक बनाउन विद्यार्थी, शिक्षक र कर्मचारीका साथै सम्पूर्ण सदस्यहरु एक भएर लाग्नुपर्ने भन्दै अझ क्रियाशिलमैत्री शिक्षा योजनालाई जोड दिनुपर्ने बताएका थिए । सोहि अवसरमा बोल्दै सिनेटर वीरेन्द्र विजुक्छेले क्याम्पसले लिएका नीति निर्माणलाई सबैले एक साथ भएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दामोदर चालिसेको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष जनकराज पराजुलीले २०७२÷०७३ को १० करोड २१ लाख ६० हजार ८ सय २४ को अनुमानित बजेट प्रस्तुत गरेका थिए भने क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसले हासिल गरेका उपलब्धिहरु बताउँदै भावी कार्यक्रम सहित शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सभाबाट पारित समेत गरिएको भने कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रबहादुर कुँवरले, धन्यवाद ज्ञापन क्याम्पस सञ्चालक सदस्य तेजनारायण अधिकारीले र सञ्चालन सञ्चालक सदस्य राजु पौडेलले गरेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा गतिबिधी
» जनप्रिय क्याम्पसलाई थप व्यवस्थित बनाउनुपर्छ–बराल
Subscribe to:
Post Comments (Atom)
Post a Comment