गोल्डेन न्यूज संवाददाता
पर्यटकीय तथा धार्मिक रुपमा आकर्षक केन्द्रका रुपमा रहेको लेखनाथको पचभैयास्थित पचभैया कोट देउराली व्यवस्थापन समितिले जीवन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । शुक्रबार सम्पन्न समितिको १६आंै साधारण शभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गायत्री ओली, सचिवमा धनबहादुर गुरुङ्ग कोषाध्यक्षमा बुद्धिबहादुर गुरुङ्ग रहेका छन् । त्यस्तै सदस्यहरुमा पुरुषोत्तम अधिकारी, मदन कोईराला, शरण थापा, भरत परियार र सरस्वती थापा चयन गरिएको छ । समितिको नेतृत्व प्राप्तिसंगै नवनिर्वाचित अध्यक्ष पौडेलले पचभैयामा रहेका तर ओझेलमा परेका विभिन्न धार्मिक गन्तव्यको पहिचान गरी संरक्षण एवं संवद्र्धनमा जोड दिने बताए । विशेषगरी प्रसिद्ध देउराली मन्दिरको प्रचार–प्रसार गरी वर्षेनी हजारांै भक्तजनहरुलाई दर्शनका लागि प्रेरित गराउने पनि नयाँ समितिको योजना रहेको जानकारी दिए । सदियौंदेखि देउराली मन्दिरमा चल्दै आएको पशुबलीप्रथा विगत केही वर्षदेखि रोकिंदै आएकोमा यहि वडादशैंदेखि नै निरन्तरता दिईने पनि जानकारी पौडेलले गराए ।
मनकामना लगायत प्रसिद्ध देवीका मन्दिरहरु भाकल र पशुवली दिने सुविधाका कारण नै हजारांै तीर्थालुहरुको आकर्षणमा परेको हो, ऐतिहासिक र धार्मिक हिसाबले पुरानो मन्दिरमा पशुवली रोकिंदा आश्था र आकर्षण भएपनि देउरालीमा भक्तजनहरुको कमी आएको छ । त्यसैले अबदेखि भक्तजनहरुलाई देउराली मन्दिरमा पशुबलीको सुविधा दिन्छांै”–पौडेलले भने । पर्यटकीय पचभैयालाई यसले धार्मिक पर्यटनका रुपमा पनि चिनाउन मद्धत पुग्ने उनको विश्वास छ । त्यस्तै यसवर्षको घटस्थापना देखिनै देउराली मन्दिरमा निरन्तर र व्यवस्थित पूजा गर्ने वातावरण बनाउने र नवरात्रीभर विशेष पूजा कार्यक्रम गरिने पनि अध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै मन्दिरमा स्थायी रुपले भक्तजनको सुविधाका लागि एकजना पुजारीको व्यवस्था गर्ने पनि अध्यक्ष पौडेलले बताए । यसअघि अवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभाले मन्दिरको आय विवरण पारित गरेको थियो ।
Post a Comment