गोल्डेन न्यूज संवाददाता
नेपालमा संविधान जारी भएको झन्डै दुई हप्तापछि दक्षिणी छिमेकी भारतले नेपालमा संविधान जारी भएकोमा आफू असन्तुष्ट र बेखुशी नरहेको औपचारिक प्रतिक्रिया दिएको छ । नेपालस्थित भारतीय दूतावासले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको नयाँ संविधानमा भारत खुसी र सन्तुष्ट रहेको प्रतिक्रिया दिएको हो। भारतीय राजदूत रन्जित रेले नेपालमा नयाँ संविधान आउँदा भारत असन्तुष्ट र बेखुसी रहेको भन्ने कुरा गलत रहेको बताउँदै भने, हामी सन्तुष्ट छौं। हामी असन्तुष्ट र बेखुसी हुनुपर्ने कुनै कारण छैन ।
उनले भारतीय पक्षले नाकाबन्दी नगरेको स्पष्ट पार्दै भने, ‘हामीले नाकाबन्दी गरेका छैनौं । नेपाली पक्षको प्रदर्शन र अवरोधले गर्दा नेपाल भारतबीचको नाकामा समस्या आइरहेको छ । हाम्रो कारण होइन । यसलाई सहज बनाउन हामी पनि नेपाली पक्षसँग हामी निरन्तर सम्पर्क र सम्वादमा छांै’,उनले भारतले नाकाबन्दी गरेको भन्ने गलत सूचना तथा निराधार हल्ला फैलाइएकोमा दुःख व्यक्त गर्दै भने, हुँदै नभएका कुरा बजारमा आए। यो गलत हो ।’
उनले नेपालका विभिन्न भागमा देखिएका असन्तुष्टी तथा आन्दोलनलाई सम्वादमार्फत सम्बोधन गरेर समाधान खोजिनुपर्ने सुझाव दिदै भने, यहाँको असन्तुष्टी र आन्दोलन नेपालको आन्तरिक मामिला र समस्या हो । यसलाई हल गर्ने काम यहाँको सरकार र दलहरुको हो । हामीले सहयोग गर्ने मात्र हो । सहयोगका लागि हामी नेपालका दल तथा नेताहरुसँग निरन्तर सम्पर्कमा छौं । उनले केही समूहहरु अहिलेको असहज अवस्थालाई गलत रुपमा व्याख्या गरेर फाइदा उठाउन खोजेको र सम्बन्ध विगार्ने प्रयास गरेको आरोप लगाए ।
भारतीय झन्डा तथा प्रधानमन्त्रीको पुत्ला जलाउने घटनाप्रति दुःख व्यक्त गरेको हो । उनले भने, भारतविरोधी भावना फैलाइएकोमा हामी चिन्तित र दुःखी छौं । गलत सूचना बाहिर आएको छ । यसमा हामी सचेत छौं ।
यसैबीच सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई आज आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गरेका हुन् ।
यसैबीच सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई आज आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गरेका हुन् ।
उक्त भेटमा सचिव उपाध्ययले सीमा क्षेत्रका नाकाहरूलाई चाडो सञ्चालनमा ल्याइ व्यापारलाई सहज बनाउन अनुरोध गरिएको राससलाई जानकारी दिए । उनले भने–“राजदूत सँग भएको भेटमा अत्यावश्यकीय पदार्थ आयात सहज बनाउन र भन्सार नाका शीघ्र सञ्चालन गर्न अनुरोध गरिएको छ ।”
सचिव उपाध्ययले नेपालीका चाडावाड नजिकिँदै गर्दा मानवीय सामग्रीको अभाव भएको र त्यसलाई सहज बनाउन चिनियाँ पक्षलाई पहल गरिदिन अनुरोध गरिएको जानकारी दिए । जवाफमा राजदूत चुन्ताईले चाडो चीनसँगको नाका सञ्चालन गर्न आफूहरू प्रयासरत रहेको भन्दै केही दिनमै व्यापार सहज हुने विश्वास दिलाउनुभएको उनले बताए ।
Post a Comment