पोखरा घुम्न आएको फ्रान्सेली टोलीले महेन्द्र मा.वि. घार्मीलाई १ लाख तीस हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका भू.पू. विद्यार्थी राधाकृष्ण आचार्यको नेतृत्वमा रहेको सोनिया, जील, डोमिनिक, म्याचु, इजावेल, फलोरेन्स, दनी, ओलिभिए, एलंभा, किकिए, फ्रस्वांज र धनियाल गरी ११ जनाको टोलीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि उक्त रकम सहयोग गरेको हो । टोलीले दुइ वर्ष अघि पनि विद्यालयलाई सहयोग गरेको थियो । विद्यालयमा आयोजित कार्यक्रममा सहयोगी टोलीका सदस्य सहित भूपू विद्यार्थी आचार्यलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल, विद्यालयका सल्लाहकार रामचन्द्र शर्माले टोलीलाई सम्मान गरे । कार्यक्रममा बोल्दै टोलीका संयोजक आचार्यले विद्यालयलाई फ्रान्सेली नागरिकले सहयोग गर्दै जाने बताए । उनले शैक्षिक गुणस्तर वृद्धि गर्न व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्ने सुझाव दिए । विद्यालयका प्रअ पौडेलले फ्रान्सेली विद्यालय संगै भागिनी सम्वन्ध कायम गर्न प्रस्ताव गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक नन्दराज दाहाल, शिक्षक अशोक पौडेल लगायतले शैक्षिक समस्याका बारेमा जानकारी गराएका थिए ।
यसैबीच विद्यालयले मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
यसैबीच विद्यालयले मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
Post a Comment