0
मौलिक कला संस्कृतिको संरक्षण, पर्यटनमा प्रवद्र्धन” भन्ने मूल नाराका साथ असोज २३ गते अर्थात यहि शनिवार पोखरा सभागृहमा हुन लागेको सिक्लेस साँस्कृतिक साँझ २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । ९१ वर्षिय वयोवृद्ध खुम्बु टु तमू र इन्जिनियर क्याप्टेन चन्द« वहादुर तमूको मुख्य प्रायोजनमा शनिवार दिउसो २ बजेदेखि हुन लागेको उक्त कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक देवीजंग तमूले जानकारी दिए ।
 
कार्यक्रममा प्रस्तुत गर्ने घाँटु, मौखिक गायनसंगै नृत्यका लागि सिक्लेस गाउँबाट आमा समूह र घाँटु समुह पनि पोखरा आइसकेको र पोखरामा रहेका कलाकारहरु पनि पूर्ण तयारी अवस्थामा रहेको नृत्य निर्देशकद्धय केश गुरुङ र रुपा गुरुङले जानकारी दिए । कार्यक्रमको लागि देश तथा विदेशबाट आर्थिक सहयोगहरु पनि प्राप्त भइरहेको क्लवका सचिव देवीजंग तमूले बताए । सिक्लेस युवा क्लवको आयोजनामा हुने सिक्लेस साँझमा पौराणिक घाँटु नाच, सिक्लेस चिनारीसम्वन्धीको डकुमेण्ट्री प्रदर्शन, मौखिक गायन एवम् नृत्य, गुरुङ चलचित्रमा अभिनय गरेका कलाकारहरुको प्रस्तुतिका साथै विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पार्चे गाविस वडा ७ सिक्लेस धप्राङथर घर भई हाल पोखरा १२ लालीगुराँस बस्दै आउनुभएका ९१ वर्षिय खुम्बु टु तमू र सिक्लेस ०८ हर्पुथर घर भई हाल हङकङ रहेका क्याप्टेन इन्जिनियर चन्द« वहादुर तमूले कार्यक्रमको लागि १÷१ लाखको सहयोग गरि मुख्य प्रायोजक बन्नुभएको क्लवका अध्यक्ष एवम् कार्यक्रम संयोजक देवीजंग तमूले जानकारी दिए । मुख्य प्रायोजक खुम्वु टु तमुका छोरावुहारीहरुद्वारा पोखरा चिप्लेढुगामा सिक्लेस युनिभर्सल कोशिला टावर, सोहि टावरको पाँचौ तल्लामा रुफटप रेष्टुरेण्ट एण्ड बार, हङकङमा कोशिली इम्पोरियम र जापानमा लालीगुराँस रेष्टुरेण्ट संचालनमा रहेका छन् ।

Post a Comment

 
Top