0
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सहारा एकेडेमीको दिगो व्यबस्थापनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीको अवलोकन गरी एकेडेमीमा रहेका वालहरुसंग भेटघाट समेत गरी निजि क्षेत्रबाट खेलकुदको लागि उक्त एकेडेमि स्थापना भएको प्रशंसा गर्दै दिगो रुपमा संचालनको लागि सहयोग गर्ने वचन दिएका हुन । क्लवका अध्यक्ष वीरभद्र आचार्यले क्लवको बारेमा जानकारी गराउदै दाताबाट संकलन भएको करीब दुई करोडको लागतमा उक्त एकेडेमी संचालन गरेको जानकारी गराए । उनले यसलाई दिगो रुपमा संचालन गर्न राखेपबाट सहयोगको अपेक्षा गरेको वताए । प्रतिउत्तरमा सदस्य सचिव विष्टले आफ्नो क्षेत्रबाट एकेडेमीको लागि ढिलो चाँडो सहयोग गर्ने बताएका हुन । उनले भने–“मैले सहारा क्लवले पोखरामा राम्रो गरेको छ भन्ने सुनेको थिए तर आज प्रत्यक्ष देखे साँच्चै मलाई धेरै खुसि लागेको छ, निजि क्षेत्रबाट भएको यो प्रयायः जति प्रंससा गरे पनि पुग्दैन, यसको दिगो रुपमा संचालनका लागि मेरो तर्फबाट के कस्तो सहयोग जुटाउन सक्छु म त्यसमा सकारात्मक छु ।”


Post a Comment

 
Top