हरि पन्त/गोल्डेन
पोखरा ३० असोज ।
काठमाडौंमा प्रधान कार्यालय रहेको कैलाश विकास बैंक लिमिटेड को २२औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाले गत आ.व.मा २५ करोड ४३ लाख खुद मुनाफा आर्जन गरेको र २०७२ आषाढ मसान्तको सञ्चित मुनाफाबाट चुक्ता पँुंजीको २४ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । यो संगै बैंकको कूल चुक्ता पुँजी अब १ अर्व ११ करोड रुपैयाँ हुने भएको छ । यसअघि बैंकको कूल चुक्ता पुँजी ८९ करोढ रुपैयाँ थियो । संस्थाको आ.व. २०७१/०७२ को वासलात तथा सोही मितिको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत साधारणसभाले पारित गरेको बैंकले जनाएको छ । बैंकले २०७४ आषाढ मसान्तसम्ममा कूल चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन राम्रो र उपयुक्त वित्तिय संस्थासंग छलफल गरि मर्जरको प्रक्रिया अघि बढाइरहेको बैंकका अध्यक्ष राजेन्द्र गिरीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । अध्यक्ष गिरीका अनुसार यदि कुनैपनि वित्तिय संस्था मर्ज हुन नसके आफ्नै शेयरधनीबाटै पुँजी वृद्धि गरि राष्ट्रबैंकको नयाँ नीति अनुसार बैंकलाई अघि बढाइनेछ । कुनै वित्तिय संस्थासंग कुरा मिले अबको २/३ महिनाभित्रै मर्जर सम्झौता हुने उनले बताए । बैंकलाई मर्जर प्रक्रिया अघि बढाउन गत वर्षको साधारणसभाले नै अनुमति दिइसकेको थियो ।
बैंकले यहि असोज २९ गतेसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन एवं ८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले विभिन्न जिल्लाका २५ शाखामार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १४ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ । यस्तै गोरखा, पालुङ्गटार नगरपालिकाको ठाँटीपोखरीमा नयाँं शाखा थप गरी कारोवार संचालन गर्ने बैंकले तयारी गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको २२औं साधारणसभामा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, संचालक दीपक श्रेष्ठ, कम्पनी सचिव गंगाधर पराजुलले बैंकको गतिविधि बारे चर्चा गरेका थिए भने शेयरधनीहरु अमर तुलाचन, युक्त बहादुर सुवेदी र हरिकृष्ण बाग्ले लगायतले संचालक समितिलाई विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले सबै संचालक एवं शेयरधनीहरुलाई यसअघि खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै सबैको सल्लाह र सहयोगबाट अझै उत्कृष्ट बैंक बनाउन लागि पर्ने बताए ।
पोखरामा प्रधान कार्यालय रहि स्थापित अन्नपूर्ण फाइनान्स कम्पनी लिमिटेडबाट स्तरोन्नति हुँदै २०६९ सालमा कैलाश विकास बैंक बन्न सफल भएको थियो । कैलाश विकास बैंक मुलुककै उत्कृष्ट बैंकहरुमध्ये एक हो । बैंकलाई नेपाल चाटर्ड एकाउण्टेन्ट संस्थाले वार्षिको उत्कृष्ट प्रतिवेदन प्रस्तुत गरेकोमा २ पटकसम्म अर्वाड प्रदान गरिसकेको छ भने अन्य विभिन्न संस्थाबाट समेत सम्मानित भइसकेको अध्यक्ष गिरीले बताए ।

Post a Comment