लायन्स क्लब अफ लेखनाथले गरिब तथा विपन्न परिवारको आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथ नगरपालिका वडा नं. १८ को भरतपोखरीका ४३ घर परिवारलाई बाख्रा पैंचो कार्यक्रम अन्तरगत बाख्रा वितरण गरेको छ । क्लबले वि.सं. २०५८ सालदेखि अघि सारेको बाख्रा पंैचो कार्यक्रम अन्तर्गत बुधबार भरतपोखरीको बरपाण्डे थुमको देउरालीका दुई समुहलाई एक कार्यक्रमका विच ४३घर परिवारका लागि एक एक बटा बाख्रा वितरण गरेको हो । बाख्रा वितरण गर्दै क्लबका जोन चियर पर्सन रमेश बहादुर खत्रीले गरिब तथा विपन्न परिवारका लागि वितरण गरिएका बाख्राबाट परिबारको आय आर्जनमा सहयोग पुग्ने र बाख्रा पालनलाई ब्यवसायिक रुपमा अगाडि वढानका लागि सबैमा अनुरोध गरेका थिए । लायन्स क्लब अफ लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक तथा बाख्रा पौचो कार्यक्रमका परिकल्पनाकार बृटिस भूपू आर्मीका शेरबहादुर गुरुङ, क्लबका द्वितीय उपाध्यक्ष सूर्यनारायण बराल, सचिव बुद्धि बाँस्तोला, एनएलजी वीमा कम्पनीका बजार अधिकृति मनु कार्की,संचारकर्मी भीमपाणि बराल,वडा नं १८का वडा सचिव बुद्धिराज लम्साल र बाख्रा पालन समूहको तर्फबाट ईन्द्र प्रसाद आचार्यले विशेष गरि महिला लक्षित कार्यक्रम अन्तर्गतको बाख्रा पंैचो कार्यक्रम प्रभावकारी र ग्रामीण भेकका गरिब तथा विपन्न परिबारका लागि जीवन उपयोगी भएको धारणा राखेका थिए । क्लबले २२ वटा बाख्राबाट सुरु गरेको कार्यक्रम अन्तर्गत अहिले सम्ममा २९ वटा समूह मार्फत पाँच सय ६१ वटा बाख्रा वितरण गरिसकेको छ । यसैवीच ब्लवले किसानहरुलाई वितरण गरेका बाख्राहरु विभिन्न रोग र दैविप्रकोपका कारणले मर्न सक्ने सम्भाव्य खतरालाई मध्यनजर राख्दै पशुवीमा अन्तर्गत बाख्रोको विमा समेत सोही अवसरमा गरिदिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment