गोल्डेन न्यूज संवाददाता
चौथो अन्तर लायन्स फुटबल प्रतियोगिता एवं प्रथम अन्तर लायन्स फुटबल प्रतियोगिताको शनिवार क्वाटर र सेमी फाईनल खेल सम्पन्न सम्पन्न भएका छन । क्वाटर फाईनल खेलको खुलातर्फ पहिलो खेलमा लायन्स क्लव अफ पोखरा पिस सिटीले लायन्स क्लव पोखरा पिस चौतारीलाई ६–२ गोलको अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा गोल्डेन चौतारीले हेम्जालाई ७–१, तेश्रो खेलमा फेवा फिस्टेल सिटीले मिड टाउनलाई २–० र चौथो खेलमा लायन्स क्लब अफ पोखरा माछापुच्छ«े र टुरिजम सिटी बिच भएको अन्तिम क्वाटर फाईनल खेल निर्धारित समयमा दुवै तर्फ कुनै गोल हुन नसके पछि बराबरीमा टुङिगन गई सडन डेथमा टुरिजम सिटी बिजयी भएको थियो । सडन डेथमा पराजित टीम लायन्स क्लब अफ पोखरा माछापुछे गतबर्षको उप बिजेता टिम हो । भेट्रान तर्फको क्वाटर फाईनल खेल शुक्रवार नै सम्पन्न भएको थियो । शनिवार नै सम्पन्न भेट्रान तर्फको खेलमा लायन्स क्लब अफ पोखरा मुनालले युनाईटेड चौतारीलाई ७–० पराजित गरी फाईनलमा जान रोकेको छ भने दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आँगनलाई १–० पराजित गरी फाईनल खेल खेल्नमा बञ्चित गरेको छ ।
यसै गरी खुल्ला तर्फ भएको पहिलो सेमी फाईनल खेलमा आयोजक टीम लायन्स क्लब अफ पोखरा पिस सिटीले गोल्डेन चौतारीलाई २–० गोलले पराजित गरी फाईनल खेल खेल्न रोकेको छ । दोश्रो खेलमा टुरीजम सिटीले फेवा फिस्टेल सिटी बीच सम्पन्न खेल निर्धारित समयमा बराबरीमा टुङिगन गई सडन डेथमा टुरिजम सिटी बिजयी भएको थियो । आईतवार सम्पन्न हुने फाईनल खेलमा बिजेताको लागि भेट्रान तर्फ लायन्स क्लब अफ पोेखरा मुनाल र अन्नपुर्ण भिड्दै छन भने खुला तर्फ आयोजक टीम लायन्स क्लब अफ पोखरा पिस सिटी र टुरीजम सिटी बिच खेल हुनेछ । आईतवार बिहान ७ः०० बजेदेखि दुवै तर्फका फाईनल खेल शुरु हुने आयोजक क्लबका अध्यक्ष टंकराज अधिकारीले जानकारी दिएका छन । लायन्स क्लव अफ पोखरा पिस सिटिको आयोजनामा अञ्चल शशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा जारी सो प्रतियोगितामा कुल ३० वटा लायन्स क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।
Post a Comment