0
पर्यटन प्रर्बद्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक पोखरामा सञ्चालन भएको जिप फ्लायर विश्वमै तेस्रो नम्बरमा पर्न सफल भएको छ । तीन वर्ष आगाडि तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लायर संचालनमा ल्याएका थिए । साहसिक खेलहरुको प्रर्बद्धन गर्न संचालन भएको रेडबुलको अनलाइन संकरणले जिप फ्लाएर गरेका अनुभवका आधारमा तेस्रोमा राखेको हो । विश्वका साहसिक ६ वटा जिप फ्लाएरमा नेपालको तेस्रो नम्बरमा परेको हो । पहिलो नम्बर क्यानाडाको जिपट्रेकर पहिलो नम्बरमा रहेको छ भने साउथ अफिकाको जिप टुथाउसेन्ट दोस्रो नम्बरमा रहेको छ । तीन वष अगाडि भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैँया लगानी जिप फ्लाएर संचालनमा आएको हो । सराङकोटको टुप्पोबाट हेमजाको याम्दीसम्म तानिएको जिप फ्लाएरकै केबलमा एकै पटकमा दुई जना झर्न मिल्छ । साहसीक खेलमा विश्वमा नै अगाडी आउदा प्रर्यटन प्रर्बद्धनलाई सहयोग मिल्ने कम्पनीका अप्रेशन प्रमुख दिनेश मर्हजनले बताए । सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो भएको कम्पनीले दाबी छ । समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागि जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्ने गर्दछ । गोल्छा अर्गनाइजेशन र मंगलम समूहको लगानी रहेको छ ।

Post a Comment

 
Top