गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघको दशौं अधिवेशनका लागि अध्यक्ष पदका उमेदबार एल के शर्मा भट्टराइले आप्mनो भावी कार्ययोजना सर्वजनिक गर्दै व्यवसायिक प्रबद्र्धनका लागि सहमति, सहकार्य र एकतालाई पहिलो प्रथामिकतामा राख्ने बताएका छन् । चुनावी दैरानको क्रममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आफू र आफनो टीमले अगाडि सारेको कार्ययोजनाका बारेमा जानकारी गराएका हुन् । अघिल्लो चुनावमा वर्तमान अध्यक्ष बावुराम गिरीसंग केहि मतले पराजित भएका शर्मा त्यसैबेला देखि संघको हित र साना व्यवसायीहरुको सवालमा आवाज उठाउँदै आएकोले आफू र आप्mनो टीमले चुनाव जित्नेमा ढुक्क रहेको बताएका थिए । संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०, महिला सदस्य एक, एशोसिएट सदस्यमा एक र संस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्वाचन मार्फत गर्ने व्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितिको सल्लाहमा अध्यक्षले तोक्न पाउने व्यवस्था छ । असोज २ र ३ गते हुने चुनावी अधिवेशनका लागि संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र एक के शर्माका बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुबै आ– आप्mनो समूहमा दिनहुँजसो व्यवसायीहरुको घर दैलोमा पुगि आ– आप्mनो पक्षमा भोट माग्दा लेखनाथका ब्यवसायीहरुलाई पनि चुनावको महालले तताएको छ । एल के शर्माको टीमबाट फर्निचर व्यवसायी समिति लेखनाथका सल्लाकार महेश्वर आचार्य, कार्यसमिति सदस्य पुरण बहादुर घले गुरुङ अर्र्घौं बजार व्यवसायी समितिका अध्यक्ष शिवप्रसाद भण्डारी, संघकी वर्तमान सदस्य गीता सुवेदी, गत बर्ष सदस्य पदमा पराजित युवा ब्यवसायी दीपेन्द्र ज्योति ढुंगाना, भरतपोखरी घर भएका रामजी प्रसाद अधिकारी, निर्माण व्यवसायी भीमबहादुर नेपाली (काईला) धिरज कुमार श्रेष्ठ र धनु गिरी रहेका छन् । यसैगरी सदस्य पदका लागि उम्मेदवारी दिने गीता सुवेदी बाहेक सबै नयाँ अनुहार रहेका छन् ।
यसैबीच लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि महिला सदस्य आरक्षण तर्फ उम्मेदवारी दिएकी विमला कुमारी थापा बस्नेतले अध्यक्ष पदका प्रत्यासी लक्ष्मी प्रसाद त्रिपाठीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । बस्नेतले व्यवसायी एवं टीमको एकता र सहजतालाई कायम राख्न तथा मजवुत बनाउन उम्मेदवारी फिर्ता लिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिईन् ।
बस्नेतले अध्यक्ष पदका प्रत्यासी लक्ष्मी प्रसाद त्रिपाठीको प्यानल सहित आफ्नो प्रतिस्पर्धीका रुपमा रहेकी डिलकुमारी दाहाल (सन्ध्या) लाई समर्थन गर्दैै उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् । उनले निर्वाचनको शिलशिलामा महिला सदस्य पदमा उम्मेदवारी दिएपछि आफुलाई सद्भाव, सहयोग एवं शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण उद्योगी व्यवसायी एवं शुभचिन्तकहरुमा हार्दिक आभार एवं कृतज्ञता समेत व्यक्त गरिन् । साथै उनले आगामी दिनमा चेम्बरका हरेक गतिविधिमा सँगै रहने प्रतिवद्धता समेत व्यक्त गर्दै सहयोग र सद्भावको अपेक्षा समेत गरेकी छिन् ।
Post a Comment