गोल्डेन न्यूज संवाददाता
पोखरा २३ भदौ ।कास्की लेखनाथका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । संघको दशांै अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन हुँदैछ । नयाँ नेतृत्वका लागि विहीबार ११ बजेदेखि २ः३० बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारका विरुद्ध बिहीबार ३ बजेदेखि ४ बजेसम्म दावी विरोध र अन्तिम नामावली प्रकाशन २६ गते ३ बजे गरिने निर्वाचन आयुक्त खगेन्द्र आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि असोज ३ गते बिहान ८ बजेदेखि २ बजेसम्म मतदान हुनेछ । निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारी घोषणा गरेका संघका सदस्यको चुनावी कार्यक्रमले तीव्रता पाएका छन् । अधिवेशनले अध्यक्ष सहित खुल्ला तर्फ १०, एशोसिएट सदस्य १, संस्थागत १ र महिला सदस्य १ गरी १३ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । संघको विधानले अध्यक्ष र सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । कार्यसमितिका सदस्यमध्येबाट अध्यक्षले पदाधिकारी तोक्ने व्यवस्था समेत रहेको छ । अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लालकृष्ण भट्टराई एलके शर्माका बीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरी प्यानल सहितको प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । त्रिपाठीले यसअघि संघको उपसमिति संयोजक, कार्यसमिति सदस्य, उप–महासचिव, महासचिव , द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्ष भई निरन्तर लामो समयदेखि कार्य गरिसकेका छन् भने एलके शर्माले स्थापानाकालको कार्यसमितिमा र सल्लाहकार रहेर कार्य गरेका छन् । शर्मा अघिल्लो पटक वर्तमान अध्यक्ष बाबुराम गिरीसँग अध्यक्षमा पदमा पराजित भएका थिए । संघको निर्वाचनमा यसपटक पनि त्रिपाठी र शर्माको नेतृत्वमा मत विभाजित हुने पक्का छ । त्रिपाठी र शर्मालाई समर्थन गर्नेहरु वर्तमान कार्यसमितिमा पनि विभिाजित छन् । संघको निर्वाचनमा लेखनाथमा क्रियाशिल राजनीतिक पार्टीहरुले समेत चासो देखाएका छन् । त्रिपाठी बाम पृष्ठभूमि हुन भने शर्मा कांग्रेस निकट मानिन्छन् । तर संघका मतदाताका रुपमा रहेका दुवै तर्फका कार्यकर्ता भने व्यक्तिगत कारणले पनि विभाजित देखिन्छन् । लेउवासंघमा नेतृत्व लिनेहरु सबैजसो नेपाली कांग्रेस निकट रहेकोले यसपटक पनि उनीहरुको साथ शर्मालाई रहने अनुमान एकातिर गरिएको छ भने अर्कोतिर बामपंथी पृष्ठभूमि भएपनि त्रिपाठीले समेत केही कांग्रेसी व्यवसायीहरुको मत पाउने अनुमान समेत गरिएको छ । त्रिपाठी यसअघिका अधिवेशनमा अध्यक्ष बन्ने चाहना राखेको भएपनि उनी जाखिम मोल्न नसकेर पछि हटेका थिए । जसका कारण बाबुराम गिरीले कांग्रेसकै समर्थनमा फड्को मारेर अध्यक्ष बन्ने मौका पाए । अघिल्लो पटक गिरी र शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदा शर्मा भन्दा गिरीलाई कांग्रेसमा बढी परिचित भएकाले उनलाई कांग्रेसकै समर्थनमा विजयी भएका थिए । यसपटक कांग्रेस तर्फका उम्मेदवार शर्मामात्र रहेकोले उनलेनै बढी साथ पाउने अनुमान गरिएको छ । संस्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र पूर्व अध्यक्ष बाबुराम जमरकट्टेलको साथ पनि शर्माले पाएका छन् । संघका पूर्व पदाधिकारी भने दुवै तर्फ बाडिएका छन् । संघको एशोसिएट सदस्य १ मा संचार उद्यमी तथा हार्डवयर व्यवसायी भक्तवहादुर के.सी र फर्निचर व्यवसायी उपेन्द्र सुवेदी राजुले उम्मेदवारी दिंदैछन् । के.सीलाई संस्थापन पक्षको समर्थन रहेको छ भने सुवेदीलाई शर्मा समूहले साथ दिएका छन् । यसैगरी संस्थागत सदस्यमा अहिलेसम्म दामोदरभक्त थापाको मात्रै चर्चा रहेको छ । होटल एशोसिएशन लेखनाथका अध्यक्ष समेत रहेका थापालाई त्रिपाठी र शर्मा दुवै समूहले आ–आफ्नो समर्थन रहेको बताएका छन् । महिला सदस्यमा भने दिलकुमारी दाहाल सन्ध्या, विमला बस्नेत लगायतले उम्मेदवारी दिने चर्चा रहेको छ । प्रत्यक्ष तर्फ १० सदस्य पदका लागि वर्तमान कार्यसमितिका अधिकांसले दोहो¥याउँदै छन् । संघका द्वितीय उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव बलराम ढकाल, उप–महासचिव भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय, सदस्यहरु विनोद श्रेष्ठ, गिता सुवेदी, बसन्त मोहन भट्टराई, ऋषिराम जमर कट्टेल, मेनुका श्रेष्ठ, प्रशान्तराज धमला र गोपिचन्द्र बाँस्तोलाले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । सुवेदी शर्माको क्याम्पमा पुगेकी छन् । कार्यसमितिका सदस्य जगत बराल र मनोनित सदस्य मेजर रामप्रसाद गुरुङ्गले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन । वर्तमान कार्यसमितिका सवैले उम्मेदवारी दिए भने केही बाहिरिने संभावना उत्तिकै रहेको छ । भने केही नयाँ अनुहार प्रभावशाली दावेदारका रुपमा देखिएका छन् । यसबर्ष नयाँ अनुहारका रुपमा एशोसियट बाट भक्तवहादुर केसी, खुल्ला तर्फ राजेन्द्र ओझा, राजु बराल, भिमवहादुर नेपाली, धिरज श्रेष्ठ, पुरन घले, मोहन प्रधान, राजु सुवेदी लगायतले उम्मेदवारी दिदै छन् । नयाँ अनुहारमा के.सी र ओझा बाहेक सवै शर्मा समूहका रहेका छन् । संघमा अहिले १ हजार १ सय ८४ सदस्य रहेका छन् । यि मध्ये ३५ जना एशोसिएट र ६ जना संस्थागत सदस्य रहेका छन् । संघका सदस्य मध्ये आधा जति मात्रै व्यवसायमा क्रियाशिल रहेको एक सदस्यले बताए । निर्वाचनलाई मध्यनजर गर्दै, बर्षेनी गैर व्यवसायीहरु सदस्यका रुपमा प्रवेश पाउँदै आएका छन् ।

Post a Comment