0
अनुपम म्युजिक एण्ड कास्की मल्टिमिडिया, पोखराले आफ्नो १०७ औँ उद्घोषण तालिम पोखराको सिमलचौरस्थित नेशनल व्रिmयशन एकेडेमीका विद्यार्थीहरु लाई दिएको छ । विद्यालयमा आयोजित समापन कार्यव्रmमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मानिसमा भएको ज्ञानको प्रभावकारिता उसको प्रस्तुति कलाले निर्धारण गर्ने बताए । आजका विद्यार्थीहरुलाई दिइने तालिमले देशका सक्षम नागरिक उत्पादनमा महत्त्वपूर्ण निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ज्ञवालीले पर्यटकीय नगरी पोखराको सौन्दर्य कायम राख्न बसको झ्यालबाट चाउचाउ, बिस्कुट, चक्लेटको खोल फ्याँक्ने प्रवृत्तिलाई रोक्न सम्पूर्ण विद्यार्थी र विद्यालयहरुसँग आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यव्रmममा विद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापा, प्रशिक्षक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, गायक रामभक्त जोजिजू, सञ्चारकर्मी तथा साहित्यकार रुपिन्द्र प्रभावी, धादिङ–पोखरा सम्पर्क समितिका सह–सचिव शम्भु अधिकारी, शिक्षिका सिर्जना आचार्यलगायतले शुभकामना दिए । विद्यार्थी सुरक्षा सुवेदीद्वारा सञ्चालित कार्यव्रmममा प्रशिक्षार्थीका तर्फबाट रेनुका क्षेत्री, कृतिका पौडेल, अनिस गुरुङ, नग्मा परियारले आफ्ना अनुभव सुनाएका थिए भने स्वागत प्रिया जोशीले गरेका थिए । ३० जना विद्यार्थीको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन भएको थियो । तालिममा सञ्चारकर्मी ऋषि खतिवडा र अनुराग अधिकारीले प्रशिक्षण दिएका थिए ।

Post a Comment

 
Top