गोल्डेन न्यूज संवाददाता
औषधि थोक व्यवसायी संघ गण्डकीको चौथो अधिवेशन तथा सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । अधिवेशनले रुद्र नारायण मल्ललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यसअघि प्रथम उपाध्यक्ष रहेका मल्ल मल्ल फर्मास्युटिकल्सका संचालक हुन् । पोखराको नयाँबजार स्थित श्रेयङ्का डिष्ट्रिव्युटर्सका प्रोपाइटर समेत रहेका मल्ल दीपज्योति सहकारीका अध्यक्ष र रोयल पोखरा रेष्टुरेन्टका पनि अध्यक्ष हुन् । अध्यक्षमा निर्वाचित भएपछि गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै मल्लले संस्थालाई अझै सुदृढ र संगठित बनाउने आफ्नो अभियान रहेको बताए । उनले बिरामीहरुका लागि असरयुक्त गुणस्तरीय औषधि सर्वसुलभ बनाउन संस्थाले पहल गर्ने बताए । अधिवेशनले प्रथम उपाध्यक्षमा लाइफ मेडिकलका काशीनाथ काफ्लेलाई तथा द्वितीय उपाध्यक्षमा स्टेण्डर्ड ड्रग डिष्ट्रिव्युटर्सका झलक प्रसाद शर्मालाई चयन गरेको छ । कार्यसमितिका सबैजसो पदमा निर्विरोध भएपनि महासचिवमा भने दुईजना बीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार भगवती मेडिको फर्माको होमनाथ पाण्डेलाई १३ मतले पछि पार्दै जनज्योती मेडिको फर्माका केशवप्रसाद रेग्मी विजयी भएका छन् । पाण्डेले १५ र रेग्मीले २८ मत प्राप्त गरेका थिए । संघका ६० सदस्यमध्ये ४५ जनाले मतदान गरेकोमा २ मत बदर भएको थियो ।यसैगरी संघको कोषाध्यमा वेष्टर्न मेडिसेल्सका संचालक प्रदीप घिमिरे, उप–महासचिवमा डायनामिक मेडिसेल्सका हरि प्रसाद शर्माका साथै सदस्यहरुमा वविना फर्मास्युटिकल्सका वीरबहादुर थापा, प्रनिशा मेडिसिन सप्लायर्सका पोष्टराज दाहाल, शुभम् शर्माका निरज विक्रम राणा, कन्सेप्ट मेडिसिनका गोपाल अधिकारी, जलजला मेडिसिन डिष्ट्रिव्युटर्सका सुमन तिवारी र अधिकारी मेडिसिनका दुर्गा अधिकारी रहेका छन् । कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने व्यवस्था रहेको र निवर्तमान अध्यक्षको रुपमा श्रीराम पराजुली पनि कार्यसमितिमै रहने व्यवस्था छ ।यसअघि अधिवेशनको उद्घाटन संघका ज्येष्ठ सदस्य इन्द्रबहादुर खड्काले गरेका थिए । संघका अध्यक्ष श्रीराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औषधि व्यवसायी संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, प्रथम उपाध्यक्ष रुद्रनारायण मल्ल, महासचिव झलक प्रसाद शर्मा लगायतले संस्थाका विविध गतिविधिका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संस्थालाई महत्वपूर्ण सहयोग पु¥याउने रुषा फर्मा र डायनामिक मेडिसेल्सका साथै सदस्यहरु सन्तोष पराजुली, प्रदीप घिमिरे, सुमन तिवारी, दुर्गा अधिकारी र कार्यालय सचिव धर्मदत्त पौडेललाई सम्मान गरिएको थियो ।
Post a Comment