0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा डाउन टाउन र लायन्स क्लब अफ पोखरा लेकसाइडको संयुक्त पदस्थापन शुक्रबार पोखरामा सम्पन्न भएको छ । यसअघि आगामी २०१५÷०१६ का लागि डाउन टाउनका अध्यक्ष जनकल्याण पराजुली र पोखरा लेकसाइडका लागि रामु गौतम अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरुले आगामी कार्यक्रम प्रस्तुत गर्दै प्रतिवद्धता जनाए । समारोहमा दुई क्लबका पदाधिकारीहरुलाई संयुक्त पदस्थापन गराउँदै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर धु्रवबहादुर थापाले आगामी कार्यकालको सफलताको शुभकामना दिए । उनले लायन्स क्लबको महत्व प्रष्टाउँदै सरकारबाट ब्लड बैंकका लागि लायन्सले स्वीकृति प्राप्त गरि काठमाडौंमा शिलान्यास समेत भैसकेको जानकारी दिए । उनले समयमै रिपोर्टिङ जरुरी रहेको भन्दै महिनौ कुर्न नहुने सुझाव दिए । प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले क्लबका नवप्रवेशीहरु लाई सपथ ग्रहण गराउँदै हामी सेवा गर्छौ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गभर्नर भूगोल शेरचनलाई सम्मान गरिएको थियो । मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठले छोटो समयमै क्लबहरुले गरेको क्रियाकलापको सह्राहना गरे । लायन्स क्लब अफ पोखरा डाउन टाउनका वर्ष २०१४÷०५१ का अध्यक्ष प्रमोद लामिछाने र लायन्स क्लब अफ पोखरा लेकसाइडका वर्ष २०१४÷०१५ का अध्यक्ष सोम थापाले आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमहरुको जानकारी दिदै यो वर्षका लागि अध्यक्षहरुलाई पद हस्तान्तरण गरे । डाउन टाउनका लागि लायन अफ दी इयरबाट नीराजन उपाध्याय सम्मानित भए ।यसैबीच, डाउन टाउनका लागि अधिवक्तासमेत रहेका अध्यक्ष जनकल्याण पराजुलीले कक्षा २ मा अध्ययन गर्ने पोखरा १५ की खुश्वू गुरुङलाई वर्षभरि पुग्ने स्टेशनरी सामान, स्कुल फिसहित नगद प्रदान गरेका थिए । दयाराम तिमिल्सिना संयोजक रहेको कार्यक्रम संचालन डाउन टाउनका सचिव भानुभक्त अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top