गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा नं. १० को वडा कार्यालयले आफ्नै आयोजनामा कार्यालयको सभाकक्षमा स्थानीय संघ सस्था तथा सरोकारवालाहरुको भेला गराई बालश्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. १० का वडा सचिव नवराज थापाको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनिकरण कार्यक्रमले गरेको थियो । कार्यक्रममा वडा नं. १०का टोल विकास संस्थाहरु, आमा समूहहरु, युवा क्लब, राजनीतिक पार्टीका प्रतिनिधिहरु लगायत ४० जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो । पोखरा उप–महानगर पालिकाको बालमैत्री नगर अभियानमा पोखरा उद्योग वाणिज्य संघ पनि पोखरा उप–महानगर पालिकाको एक साझेदार संस्थाको रुपमा भूमिका खेल्दै आएको र सोही अनुरुप विभिन्न वडाहरुमा बालश्रम सम्बन्धि अन्तत्र्रिmया गर्ने क्रममा वडा नं. १० मा पनि बालश्रम न्युनिकरणको उपायहरु स्थानिय स्तरबाटै छलफल गरि अगाडि ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बारेमा क्लेपका परियोजना संयोजक दीपक ढुंगानाले प्रकाश पारेका थिए । अन्तत्र्रिmयका धेरैजसो सहभागीहरुले वडा नं. १० क्षेत्र भित्र पनि प्रायजसो टोलहरुमा बालश्रमको प्रयोग भैरहेको र बालश्रम प्रयोग गर्ने व्यक्तिहरुले प्रायः आर्थिक विपन्न अभिभावकका बालबालिकाहरुलाई संरक्षण दिने बहानामा बालश्रमको प्रयोग गर्ने गरेको बारेमा अन्तत्र्रिmयाको क्रममा बताएका थिए । अन्तत्र्रिmयामा सहभागी व्यक्तिहरुले वडा नं. १० क्षेत्रमा बालश्रम न्युनिकरण गर्नका लागि श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र स्थापना गर्ने निर्णय गर्दै सो केन्द्रलाई व्यवस्थापन गर्नका लागि नौ सदस्यीय केन्द्र व्यवस्थापन समिति समेत गठन गरेको छ । सूर्यबहादुर बाँनियाको संयोजकत्वमा गठन भएको व्यवस्थापन समितिको सदस्यहरुमा किरण प्रसाद भट्टचन, सारदा गौतम, तारा सापकोटा, मिना भण्डारी, कृष्ण बहादुर थापा, हिमालय बख्रेल, कुमार थिङलामा र खेम कुमारी बराल मनोनित भएका थिए । व्यवस्थापन समिति गठन पश्चात कार्यक्रममा बोल्दैवडा नं. १० कासचीब थापाले नयाँ व्यवस्थापन समितिले बालश्रम न्यूनिकरणमा योगदान पुर्याउन सकोस् भन्ने शुभेच्छा सहित यस कार्यको लागि आफूले पनि वडा कार्यालयमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सम्मर बहादुर श्रेष्ठले राखेका थिए भने कार्यक्रमको संचालन निर्मला कार्कीले गरेकी थिइन् ।
Post a Comment