0
मिस डिभा पोखरा–२०१५ को उपाधि बिनिता गुरुङले जितेकी छन्। पोखरा सभागृहमा शुक्रबार भएको फाइनलमा १४ प्रतिस्पर्धी लाई उछिन्दै उनले उपाधि जितेकी हुन् । उनले उपाधि सहित ताज पहिरिदै नगद पुरस्कार, व्याङकक टुर्र र चलचित्रमा अभिनय गर्ने अवसर पाएकी छन्। त्यस्तै प्रतियोगितामा फष्ट रनर अपहुदै रेजिना गुरुङ, सेकेण्ड रनर अपहुदै जोशना आचार्य र थर्ड रनर अपहुदै युकी क्षत्रीले नगद पुरस्कारसहित चितवन टुर्र र म्युजिक भिडियोमा खेल्न अवसर पाएका छन्। अन्तिम प्रतिस्पर्धामा जस्मिन क्षत्री, उषा बराल, साल्मा गुरुङ, युकी क्षत्री, रेजिना गुरुङ, सृष्टि आचार्य, सलोनी पुन, बिनिता गुरुङ, सुमना बौदार, जोसना आचार्य, रोशना आचार्य, अमिशा बराल, सुस्मिता पुन, ऐश्वर्या तण्डुकार, सुनिता काराखेती उत्रेका थिए । ब्लु रेज प्रोडक्सन एण्ड इभेण्ट म्यानेजमेण्ट र आइरिस व्युटि पार्लर एण्ड एकेडेमीको संयुक्त रुपमा मिस डिभा पोखरा आयोजना गरेको हो। अडिसनमा सहभागि ३२ मध्यबाट २४ जनालाई पहिलो चरणमा छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि १५ जनालाई उतारिएको थियो । १६ देखि २५ वर्ष उमेर समूहका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सो प्रतियोगिता गरिएको इभेण्ट म्यानेजर सागर आचार्यले जानकारी दिए । कार्यक्रम संयोजक सागरबाबु घिमिरेले यस्ता प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिन प्रयास गरिने उल्लेख गरे । यसअघि प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशन ल ३२५ बी वान नेपालका गभर्नर ध्रुव थापाले गरेका थिए । ब्लु रेज प्रोडक्सन एण्ड इभेण्ट म्यानेजमेण्टका संस्थापक भुवन प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइरिस व्युटी पार्लर एण्ड एकेडेमीकी संचालक सोनम गुरुङले स्वागत मन्तव्य राखेकी थिईन् ।



Post a Comment

 
Top