ढिकुरपोखरी–९ ठूलाचौरमा जन्मेर एक दशक अगाडिदेखि साहित्य सिर्जनामा क्रियाशील स्रष्टा साधकको नाम हो अम्बिका भण्डारी । हेमजा साहित्य प्रतिष्ठान, नेपाल काव्य संस्कृति प्रतिष्ठान, नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, दीपज्योति आमा समूह, ढिकुरपोखरी पोखरा सांस्कृतिक परिवार, साहित्यिक चौतारी ढिकुरपोखरी, सुनाखरी सन्देश साहित्यिक पत्रिकालगायतका सङ्घसंस्थामा आवद्ध भण्डारी विद्यालय तहमा मेधावी छात्रा थिइन् । थोरै समय अध्ययन गर्न पाएकी भण्डारी पाँच कक्षासम्म अध्ययन गरिरहदा सधै उत्कृष्ट स्थान आफ्नै लागि सुरक्षित गर्न सफल भइरहिन ।
अध्ययनमा मात्रै होइन, विद्यालय तहका विभिन्न प्रतियोगितामा पनि उनको सफलता कायम रहदै गयो । अघिल्ला दिनहरूको धरातलमा उभिएर पछिल्लो समय पनि उनी आफ्नो बिहान बेलुका चुलोचौकोको बन्दोबस्ती सँगसँगै वाङ्मयिक क्षेत्रमा क्रियाशील रहदै आएकी छन् । त्यही उनको क्रियाशिलता र निरन्तरताको उपज झण्डै एक दर्जन बढी सङघ–संस्थाबाट सम्मानित भइसकेकी भण्डारीले यसै वर्ष ऋषिराम रानाभाट स्मृति पुरस्कार–२०७० पनि आफ्नो पोल्टामा पार्न सफल भइसकेकी छन् ।
लोकछन्दका फूलहरू
(कवितासङ्ग्रह(२०६७), आफ्नो गाउँ आफ्नै हुन्छ (खण्डकाव्य–२०६८), तेस्रो पाइला
(कवितासङ्ग्रह–२०६९) र आमाको सम्झना (तीज गीत–२०७०) उनका यस अगाडि नै प्रकाशित भइसकेका काव्य कृतिहरू हुन् । २०७२ सालको तीजको हावा फरफराउन थालिसकेको छ । यही फरफराहाटमा यिनै स्रष्टा भण्डारीको खुशी राख्छौं बाबा तिमीलाई (तीज गीत–२०७२) को म्युजिक भिडियो भर्खरै केही दिन अगाडि मात्र सार्वजनिक भइसकेको छ ।
लोक गीतको सैद्धान्तिक परिभाषालाई केलाएर र यसका प्रकारतर्फ नजर लगाउने हो भने, लोक साहित्यको सबैभन्दा प्रमुख र लोकप्रिय विधाका रूपमा लोक गीतलाई नै मानिन्छ । लोक गीत लोक जीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति पनि हो । यसमा लोक जीवनका दुःख, सुख, आँसु, हाँसो, आशा, निरासा, लोकको चालचलन, विधि व्यवहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ । त्यसैले पनि हामी सबैका लागि प्रिय लाग्ने गरेको पाइन्छ लोक गीत । गीतमा सङ्गीतात्मकता, भावनात्मकता, सार्वभौमिकता र स्वाभाविकता जस्ता गुणहरू रहेका हुन्छन् । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण पक्षहरू समावेश भएका हुन्छन् । त्यसैले लोक संस्कृतिका अन्वेषक कालिभक्त पन्तले लोक गीतलाई विभिन्न आधार लिएर वर्गीकरण गरे । उनका नुसार नेपाली लोक संस्कार र संस्कृतिमा कहिले आफ्नो काम सिद्धी होस् भन्ने प्रार्थना गीत गाइन्छ । कहिले आफ्नो जातीयतानुसार संस्कार गीत गाइन्छ । कहिले चाडपर्व भनेर पर्व गीत गाइन्छ । कहिले कामको समयमा कर्म गीत पनि गाइन्छ । सँगसँगै कुनै विशेष अवसरहरूमा नगाई सधै गाइने सदावहार गीतहरू पनि गाइन्छ, यि सबै गीतहरूलाई लोक गीत भनिन्छ, यो मैले कतै पढेको सैद्धान्तिक परिभाषा हो । यिनै विविध गीतहरूमध्ये भण्डारीको चाडपर्वमा गाइने पर्व गीत खुशी राख्छौं बाबा तिमीलाई गीतको म्यूजिक भिडियो हेरेपछि र गीतका शब्दहरु सुनेपछि केही लेख्न मन लाग्यो र यी दुई चार अक्षर लेखिदै छन् ।
चाहे लोक हुन, चाहे पर्व गीत । यस्ता गीतमा मूलतः दुई पक्ष हुन्छन्, पहिलो शब्द र दोस्रो लयात्मकता । यी दुवै पक्षलाई नियालेर हेर्दा भण्डारीका गीतहरूले आफ्नो धर्म छाडेका छैनन् ।
देख्न पाएँ बाबा तिम्लाई सधै भरी हाँसेको,
तिमी रोए के काम लायो हामी बाँचेको ।
खुशी राख्छौं बाबा तिमीलाई सयौ दुःख सहेर
यो घर कति उज्यालो छ तिमी भएर ।
पठित हुन् या अपठित सबैले औधी मन पराउने विधा पर्व गीत भित्रका सफलता भनेका यिनै हुन । पर्व गीतहरू हाम्रा संस्कार र संस्कृतिलाई जगाउने विषय र शैल्पिक सामग्री हुन् । जसलाई जोगाई राख्नुपर्छ भनेर भण्डारीले जुन प्रयास गरेकी छन्, त्यो स्तुत्य छ । एउटा सन्तान वयष्क भइसकेपछि आफ्ना अभिभावकप्रति कस्तो भाव व्यक्त गर्दछ, अभिभावकको काखमा हुर्कदा आफूलाई कस्तो अनुभूत गरेको हुन्छ, सायद हरेक असल सन्तानका अपेक्षाहरू यि बाहेक अरू हुन्छन् जस्तो मलाई लाग्दैन । भण्डारीका गीतका स्थायी र अन्तराले त्यही भनिरहेका छन् ।
भण्डारीको प्रस्तुत पर्व गीतलाई चिनाउने कथ्य वा सन्देश पूरा ग्रामीण परिवेशको रहेको छ । गीतकार भण्डारीको जीवनमा मेल खाओस् या नखाओस्, उनको आफ्नो कथा होस् या परिवेशको त्यो फरक कुरा होे तर प्रस्तुत म्युजिक भीडीयोमा बाबुको भूमिका निर्वाह गर्ने अभिभावकको न समाउने डाँलो, न टेक्ने अखेटो हुँदा पनि उनले आफ्ना सन्तानबाट मन मुटु अन्त कतै लगाएका छैनन् । घरको चुलोचौको, वस्तुभाउको रेखदेख र लालाबालाको स्याहारसुसार आफैँले गर्दै आएका छन् । छोरीचेली पनि आफ्ना बाबुले गरेको त्यो दुःख सम्झेर माइती गाउँ आइरहेका छन् । किनकि ती सन्तानले बिर्सेका छैनन् र गीतैमार्फत भण्डारी भन्छिन् ः
बिसौंला कसरी बा र दुःख गरी बढायौ
थाप्लो माथि नाम्लो राखी हाम्लाई पढायौं ।
हाम्लाई मिठो खुवाएर आफू हिड्यौ भोको पेट
पसिनाको नासो हो बा त्यो माझबारी खेत ।

उनको गीतको श्रव्यदृश्य सामग्री श्रवण गरिसकेपछि सबैलाई लाग्छ भिडियोमा देखिएका ती असल पिता एकल जीवन बिताइरहेका ग्रामीण परिवेशका प्रतिनिधि पात्र हुन् । उनी जस्ता कयौं बाबाहरु त्यसै गरी छोराछोरीका जुठा भाडा, गाइवस्तु, लेक बेसी गरिरहेका छन् । यसर्थ उनको गीतको कथ्य सन्देश सबल रहेको छ । गाउँले परिवारमा जन्मेका असल सन्तान आफ्ना अभिभावकले बिताएका दुःखद् दिनहरूको स्मरण पल–पलमा गरिरहेका हुन्छन् भन्ने सन्देश गीतले दिएको छ । उच्च शिक्षा लिएर प्रतिष्ठित संस्थानमा पुगेर आफ्ना बाबुको सपना छोराछोरीहरूले पूरा गरेका छन् । ग्रामीण परिवेशमा अधिक प्रचलनमा रहेका झर्रा र कथ्य नेपाली भाषा प्रस्तुत गीतमा प्रयोग गरिएको छ । लय, भाका, छन्द, स्थायी, अन्तरा बीचको तालमेल र म्युजिक भिडियोको अभिनय पनि जहाँ आँधी त्यही झोलुङ्गो हुन पुगेको पाइन्छ ।
आफ्नो पराइ नभनेर सबको भलो चितायौ
सङ्घर्षमा आफू भिडी हाम्लाई जितायौं ।
तिम्रा दुःख सफल भाछ खुशी हौ बा अब त
तिम्रै खुशी चाहन्छ यो सारा जगत ।
आफ्नो पराइ नभनेर सबको भलो चितायौ
सङ्घर्षमा आफू भिडी हाम्लाई जितायौं ।
तिम्रा दुःख सफल भाछ खुशी हौ बा अब त
तिम्रै खुशी चाहन्छ यो सारा जगत ।
वर्तमान समय अलि अनौठो अनुभुत हुने गरेको छ पङ्क्तिकारलाई, किनकि हिजो पसिनाको खोलो बगाउँदै, कुर्कुच्चाबाट रगत चुहाउँदै हुर्काएका सन्तानमा जवानी चढ्न थालेपछिको रूपरंग घुमरे जुलफीमा परिणत भएको छ । गाउँका बाटुलीहरू बजार झरेपछि फूलमायामा परिवर्तन भइरहेका छन् । आफ्ना बाबुआमाले नौ दिनको बाटो हिंडेर बटौली पुगेर एउटा खद्दरको टालो ल्याएर लाज ढाकिदिएको जिन्दगीमा बजार झरेपछि उनीहरूका जामा छोटा हुन थालेका छन् फरियामाथि ताँदा तल झरेका छन् । हाकै कुरा गरौं भने, कि के गरेको, कि के गरेको चल्छ भनरे ओठे जवाफ दिन्छन् । हाम्रा पर्वहरूलाई ब्रेकफाष्ट, लञ्च र डिनरहरूमा परिणत गरिएको छ । चिकन, मटन, हुस्की र ब्रण्डीहरूसँग तुलना गरिएको छ । यस्तो दर्दनाक अवस्थामा यो मनको भावसँग मेल खाएर पनि हुन सक्छ, भण्डारीले जुन कार्य गरेकी छन् त्यो महान कार्य हो । आफूले द्रविलो खुट्टो टेकिसकेपछि आफ्ना अभिभावकलाई अब चिन्ता गर्नुपर्दैन । हामीले हजुरको सपना साकार पारेका छौं भन्दै सकारात्मक भाव व्यक्त गरिएको प्रस्तुत भण्डारीको पर्व गीत सामाजिक सन्देशमुलक गीत हो ।
एउटा पर्व गीतमा हुनुपर्ने संरचनात्मक पक्षभित्र रहेको यस गीतले कुनै दिन उनलाई सफल गीतकारको रूपमा स्थापित गर्ने छ । अन्तमा भण्डारीलाई म यो भन्छु, समाजमा छट्टु खरायाहरू आफ्नै चतुर्याइले एक दिन धोका खाने र कछुवाहरूले बाजी मार्ने छन्, तिमी कछुवाकै गतीमा भए पनि अगाडि बढ्दै आऊ किनकि रत्ती रातो भई चम्किए पनि त्यसको अग्र भाग कालो भएजस्तै धेरै वाङ्मयिक साधकहरूको बाहिरी रूप सुन्दर देखिएता पनि मनको कुटिलता र छलकपटपूर्ण व्यवहारले तिम्रो यात्रालाई धमिल्याउने प्रयत्न गरिरहने छन् । यो धुव्र सत्य कुरा हो, र यो पनि तिमीले नबिर्स धनुबाण हेर्दा सोझो र सुन्दर हुन्छ तर अरूलाई मार्नका लागि प्रयोग गरिन्छ, बीणा बाङ्गोटिङ्गो किन नहोस् तर मधुर ध्वनि प्रकट गर्दछ तसर्थ मानिसहरूलाई रूपबाट होइन उसको क्रिया, निष्ठा र कुटिलताबाट चिन्दै अगाडि बढ्न सिक यही शुभकामना !

Post a Comment