0
गोल्डेन न्यूज संवाददाता
 पोखरा ८ स्थित श्रीराम टोल विकास संस्थाको ११औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । पोखरा उपमहानगर पालिका वडा नं.८ का वडा सचिव दीप बहादुर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम बराल, टोलका जेष्ठ सदस्य पण्डित नन्दलाल पौडेल, सदस्यको तर्फबाट गायत्री लामिनछाने लगायतले टोलका कार्यसमिति लगायत सम्पूर्ण सदस्यहरु सकृय भएकाले जस्तोसुकै परिस्थिति आएपनि एकजुट भई कार्य गर्ने कार्यको प्रसंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा जेष्ठ सदस्यहरु पण्डित नन्दलाल पौडेल, सेती पौडेल र मित्रविना चालिसेलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव देवका पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भगवती पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मतिले पारित गरिएको थियो । संस्थाका अध्यक्ष सन्तुमाया गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विसिना लम्सालले गरेका थिए भने कार्यक्रमको संचालन सचिव देवका पौडेलले गरेका थिए ।

Post a Comment

 
Top