प्रेस काउन्सिल नेपालले बुधबार पाका र युवा गरि पत्रकारितामा योगदान दिएका तीन दर्जन व्यक्तित्वलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ । काउन्सिलको ४६ औं वाषिर्कोत्सवको अवसर पारेर पत्रकारहरुलाई पुरस्कृत एवं सम्मानित गरिएको हो । जसमा, यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार कौशल चेम्जोङ लिम्बुलाई प्रदान गरेको छ । एक लाख रुपैयाँको उक्त पुरस्कार प्रधान न्यायाधीश कल्याण श्रेष्ठले ताम्रपत्र सहित कौशललाई हस्तान्तरण गरे ।
त्यस्तै, काउन्सिलले पूराना पत्रकार पन्नालाल गुप्ता, मदनमणि दिक्षित, मणिराज उपाध्याय, कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, इन्द्रकान्त मिश्र, कृष्ण ताम्राकार, प्रेमकुमारी पन्त, राजेश्वर नेपाली, शिवप्रसाद देवकोटा, अमृता लम्साल र बारबरा एडम्सलाई सम्मान गरेको छ । त्यस्तै, प्रेस काउन्सिल ‘महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ अन्र्तगत कान्तिपुरकर्मी मधु शाही, पत्रकार शुभेच्छा विन्दु, माला कर्ण र कल्पना आचार्यले पुरस्कार पाए । प्रेस काउन्सिल ‘सशक्त सचारकर्मी पुरस्कार’ पाउनेमा अरुण बराल, प्रेम चन्द्र झा मोहमम्द हारुन र सत्यनारायण चौधरी छन् । पत्रकार भारती चौधरी, नेपोलियन चेपाङ, कान्तिपुरकर्मी दिनेश यादव, सुनिता रेग्मी र विजय सन्तोषी राइले ‘प्रेस काउन्सिल समावेशी पुरस्कार’ हात पारे । त्यस्तै, ‘प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार’ पाउनेमा कान्तिपुरकर्मी अमन कोइराला, योगेश्वर पोखरेल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ कास्कीका सचिव एवं पोखरा हटलाइन दैनिकका सम्पादक त्रिभुवन पौडेल थिए । प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार चाहिँ राजबहादुर कुँवर, मुकेशचन्द्र राजभण्डारी र सत्रुघ्न नेपाल रहेका छन् ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार पाउनेमा टंक कुँवर, पोखराकी पत्रकार एवं रेडियो सफलताकी प्रवन्ध निर्देशक दुर्गा अधिकारी, रत्न आचार्य, शिवदयाल यादव र पोखराका पत्रकार ईन्द्र पौडेल छन् । गोपाल दास पत्रकारिता पुरस्कार बाहेक अरु पुरस्कार राखी १०÷१० हजार रुपैयाँ रहेको छ ।
Post a Comment