0
गोल्डेन न्यूज संवाददाता
अनिल शाहीले पोखरा रंगशालामा शनिबार सम्पन्न दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । प्रतिद्वन्दी शक्ति शर्मालाई ६–१, ६–४ ले पराजित गर्दै उनले उपाधि चुमेका हुन् । जितसंगै उनले नगद ७ हजार सहित शिल्ड प्राप्त गरे भने उप–विजेता शक्तिले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे । शनिबारनै भएको ‘बि’क्याटोगोरीतर्फ मेन्स डबल्सको इभेण्टमा कुुमार गुरुङ्ग र सुरेश श्रेष्ठले जिते ।फाइनल खेलमा सूर्य भुृजेल र लोक गुरुङ्गको जोडीलाई ६–२, ७–५ ले पराजित गर्दै उनीहरुले सो उपाधि सक्षा गरेका हुन् । यसअघि ‘ए’ क्याटोगोरीमा मेन्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि प्रथम तथा अनिल शाहि र समिर शेरचनको जोडीले द्वितीय स्थान हाँसिल गरेका थिए । त्यस्तै, मेन्स ‘बि’ तर्पmको उपाधि नविन श्रेष्ठले जितेका थिए । उनले हर्क गुरुङ्गलाई फाइनलमा पराजित गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि समाजसेवी विमल बस्यालले एक समारोहका बिच पुरस्कार प्रदान गरे । पुरस्कार वितरण गर्दै उनले पोखरा रंगशालाभित्र आफूले एउटा टेनिस कोर्ट निर्माण गर्ने घोषणा गरे । साथै खेलकुदले मानव जिवनमा ताजगि दिने भन्दै स्वास्थ्यका लागि पनि खेलकुदको महत्व रहेको उनले प्रकाश पारे । विशेष अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुुरुङ्गले रंगशालाभित्र थप टेनिस संरचना निर्माणका लागि माथिल्लो तहबाट सहयोग ल्याउन भूमिका निर्वाह गर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ् च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले पोखरामा टेनिसले छिट्टैनै लोकप्रियता हाँसिल गरेको बताए । प्रतियोगिताका मुख्य आयोजक अग्रज टेनिस खेलाडी शान्ता श्रेष्ठले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै यस्तै सहयोग प्राप्त भए प्रतियोेगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको सभापतित्वमा सम्पन्न समारोह टेनिस खेलाडी सूर्य भुजेल र दिल गौतमले संयुक्त रुपमा संचालन गरेका थिए ।

Post a Comment

 
Top