गोल्डेन न्यूज संवाददाता
नेपालमा पछिल्लो समयमा पत्ररकारमाथि सुरक्षा चुनौति बढ्दै गएको भन्दै यसमा पत्रकार र राज्य संयन्त्र दुवै पक्ष जिम्मेबार हुनुपर्ने सरोकारवालाले बताएका छन् । युनेस्कोको सहयोगमा विकास संचार समाज (सोडेक नेपाल) ले शुक्रबार पोखरामा आयोजना ‘पत्रकारको दण्डहीनता अन्त्य र आत्मनियन्त्रण’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पत्रकार कानून भन्दा माथि नभएकाले कानुनी राज्यको पालना गर्नुपर्नेमा जोड दिए । जिल्ला अदालत कास्कीका न्यायाधीश रामप्रसाद ओलीले समाचार संकलनको क्रममा पत्रकारहरुले धेरै स्थानमा वाधा अड्चन खेप्नुपर्ने अवस्था अहिले पनि कायम नै रहेको बताए । अन्य फाइदा उठाउनका लागि मिडिया प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै उनले पत्रकारहरुले पनि आफ्नो दायित्व वोध गरी कर्तब्य निर्वाह गर्न आग्रह गरे । पत्रकारिता गरेकै कारण उनीहरुको पेसा ब्यवसाय, भौतिक सुरक्षा खतरामा परेमा राज्य संयन्त्रले जिम्मेबारी लिनुपर्नेमा उनले जोड दिए । उनले भने,–प्रजातान्त्रिक व्यवस्थाको मेरुदण्ड नै सूचना हो । सूचनाको हकलाई पूर्ण रुपमा कार्यान्वयन गरौं । जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डीएसपी गंगा पन्तले सबै अनुसन्धान सफल हुँदैनन, कतिपय घटनालाई अनुसन्धानको दायरामै ल्याउन नसकिएको बताइन् । पत्रकारले रिस साँध्ने तबरबाट समाचार लेख्दै आएको तिर संकेत गर्दै उनले सबैभन्दा पहिला पत्रकारले आफ्नो इमेज सुधार गर्नु आवश्यक रहेको बताइन् । अझै पनि जनमानसमा पत्रकारले जे पनि लेख्छन्, पैसामा विक्छन् भन्ने यसलाई अन्त्य गर्नु जरुरी छ । उनले भनिन्, पत्रकार आफूलाई कानुनभन्दा माथि राख्न चाहन्छन्, यसैकारण समस्या आउँछ । कार्यस्थलमा खटिने प्रहरी कर्मचारीले पत्रकारलाई अझै पनि सकारात्मक रुपमा लिनै नसकेको उनको भनाइ थियो । युनेस्को नेपाल अन्तर्गत पत्रकार सुरक्षा परियोजनाका लक्ष्मणदत्त पन्तले पत्रकारिताको सुरक्षाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय मानव अधिकार आयोगको नेतृत्वमा पत्रकारको सुरक्षा र दण्डहिनताका अन्त्यका लागि लागेका रक्षकको रक्षाका लागि कानून बनाउने काम गरिरहेको बताए । नेपाल प्रहरीमा जाहेरी दर्ता नै नहुने गरेकोबाट दण्डहिनताको सुरुवात हुने गरेको अध्ययनबाट पत्ता लागेको उनले बताए । पत्रकारिता कर्म गरेका कारण पत्रकारिता मारिएकोमा राज्य पक्ष अझै संवेदनशील हुन नसकेको उनले बताए । सशस्त्र द्वन्द्वयतामा ३५ जनाब पत्रकार मारिएको तथ्यांक प्रस्तुत गदै उनले हामी अझै समाज र मिडिया सुरक्षाको कुरा गर्ने अवस्थामा नपुगेको बताए । दण्डहिनता कायम रहेसम्म सेल्फ सेन्सरसिप रहन्छ । मानसिक र भौतिक यातनाको डरले पत्रकार आफैले समाचारमा स्वनियन्त्रण गर्ने गरेको पाइएको भन्दै यसलाई घटाउन सरकारी निकायको भूमिका महत्वपूर्ण रहने भनाइ उनले राखे ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय पत्रकारिता विभाग प्रमुख डा निर्मलमणि अधिकारीले नेपालमा दण्डहिनता ः अभिब्यक्ति स्वतन्त्रता एबं पत्रकारको सुरक्षाको परिप्रेक्ष्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा पत्रकारिता संग सम्बन्धित दण्डहिनताको विस्तृत विवरण समेटेर पुस्तक प्रकाशन गर्न लागेको जानकारी गराउँदै उनले त्यसमा समेटिने विषयवस्तुको बारेमा उनले जानकारी गराएका थिए ।
मिडिया विश्लेषक दिपक के श्रेष्ठले पत्रकार सुरक्षा अभिवृद्धिमा सरोकारवाला विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारी, राजनीतिक र मिडिया तिनै पक्षले आआफ्नो भूमिका निर्वाह गर्न सुझाव दिए ।
वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले पत्रकारिता पेसामा आवद्ध हुनअघि कुनै परीक्षाका व्यवस्था गर्नुपर्ने र यसको जिम्मा पत्रकार महासंघले लिनुपर्ने बताए । जिल्ला अदालत कास्कीका श्रेस्तेदार दीनवन्धु बरालले अब अदालत र पत्रकारबीचको दुरी कम भएको र अब अदालत देखिने र सुनिने भएको बताए । सूचना नै शक्ति भएको महसूस अदालतले गरिसकेकोले अब नियमित रुपमा प्रेससंग भेटघाट गर्न थालिसकेको भनाइ उनले राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीले काम गर्ने सिलसिलामा गल्ती कमजोरी सबै पक्षबाट हुने भन्दै गल्ती सुधार गरी अघि बढ्नुपर्नेमा जोड दिए । संवाद नेपालका अध्यक्ष नीलकण्ठ शर्माले पत्रकारिता गर्न योग्यता क्षमता आवश्यक नपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार मुकुन्द आचार्य, तनहुँका श्रेस्तेदार सूर्य भण्डारी, जिल्ला प्रशासन कार्यालय स्यांङजाका प्रशासकीय अधिकृत भरत लुईंटेल, जिल्ला बार कास्कीका अध्यक्ष पदमपाणि देवकोटा, पत्रकार बद्रि विनोद प्रतिक, पुण्य पौडेल, सुरेन्द्र थापा मगरगायतले पत्रकारिता र दण्डहिनताको अवस्थाका बारेमा बोलेका थिए । कार्यक्रममा पर्वत, स्याङ्जा, तनहुँ र कास्कीका अदालत, सरकारी वकिल, प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।सोडेकका अध्यक्ष पियुष मिश्रले पोखरामा गरिएको कार्यक्रम निकै फलदायी भएको भन्दै दण्डहिनता को अन्त्य र पत्रकारिता विकासका लागि राज्य र पत्रकार दुवै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

यसैबीच संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिना भन्दा लामो समयदेखि तराईका विभिन्न जिल्लामा भएका आन्दोलनका क्रममा मानवअधिकार रक्षकमाथि धम्की, दुव्र्यवहार भएको भन्दै तराईका जिल्लामा कार्यरत पत्रकारहरुले सुरक्षाको माग गरेका छन् । उनीहरुले तराईका जिल्लामा मानवअधिकार रक्षकहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले शुक्रबार बुटवलमा आयोजना गरेको मानवअधिकार र मानवअधिकार रक्षकको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी तराईका तीन जिल्लाका पत्रकार तथा मानव अधिकार रक्षकहरुले मानव अधिकारको सम्मान गर्न राज्य र आन्दोलनरत पक्षलाई आग्रह गरे । साउन २४ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको बन्द–हड्ताल सहितको आन्दोलनमा पत्रकारलाई आक्रमण गर्ने, समाचारको विषयलाई लिएर धम्की दिने, पत्रकारका सवारी साधन तोडफोड गर्ने, पत्र पत्रिका वितरण गर्न नदिने तथा जलाउने जस्ता गतिविधिहरु बाट पीडित भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।
राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजंग ध्वज कार्कीले मानवअधिकार र मानवअधिकार रक्षकको सम्मान गर्न राज्य र गैरराज्य पक्ष दुवैलाई आग्रह गर्दै मानव अधिकार रक्षकका बारेमा सञ्जाल बनाएर अभियान चलाउन जरुरी रहेको बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनालले आन्दोलनका नाममा मानवअधिकार रक्षकका विरुद्ध धम्की, आक्रमण जस्ता गतिविधि गरिनु दुःखद् भएको भन्दै मानवअधिकार र मानवअधिकार रक्षकको सम्मान गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघका सचिव रुद्रहरि कुँवरले पछिल्लो समय पत्रकारमाथि विभिन्न वाहनामा आक्रमणका घटना बढ्दै गएकोले असुरक्षाको महशुस भएको भन्दै पत्रकार आचार संहिता पालनाका लागि महासंघले बारम्वार आग्रह गर्दै आएको बताए । नवलपरासीका पत्रकार बृजराज कुशहवाले आन्दोलनरत पक्षले मधेशका मुद्दालाई प्राथमिकता दिएर समाचार प्रकाशन नगरेको भन्दै खुल्ला रुपमा पत्रकारमाथि धम्की दिएको र पहाडिया समुदायका पत्रकारलाई आक्रमणको निशाना बनाएको बताए ।
इन्सेक कविलबस्तु प्रतिनिधि नन्दराम पौडेलले पछिल्लो समयमा जिल्लामा तीन जना पत्रकारको सवारी साधनमा तोडफोड गरी धम्की तथा दुव्र्यवहार गरिएको मधेशी पत्रकार बाहेक अन्य पत्रकार असुरक्षित भएको बताए ।इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा इन्सेक पोखराका टंक खनालले पश्चिमाञ्चलमा मानव अधिकार रक्षकको अवस्थाका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि अमृत गिरीले गरेका थिए ।
Post a Comment