गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुंगामा स्टुडियो रहेको सामुदायिक रेडियो सुनौलो एफ.एम.१०२.२ मेगाहर्जले नेपाली महिलाहरुको महत्वपूर्ण परम्परागत, साँस्कृतिक तथा मनोरञ्जनात्मक पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदान–प्रदान तथा दरखाने कार्यक्रम गर्ने भएको छ । यही भदौ २५ गते शुक्रबार दिउँसो एफ.एम. परिसरमा हुने कार्यक्रममा पोखरामा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागिता रहने छ । महिलाहरुको स्वामित्वमा संचालित पोखराको पहिलो सामुदायिक रेडियोको रुपमा रहेको सुनौर्लो एफएमको कार्यक्रम सम्पन गर्नका लागि रेडियोका सञ्चालक हरु सहितको भेलाले कार्यक्रमलाई सफल पार्न आवश्यक तयारि सुरु गर्ने निर्णय गरेको छ । भेलामा रेडियोको सञ्चालक संस्था सामुदायिक जागरणका निम्ति हाम्रो अभियान (ओक्का) की अध्यक्ष शकुन्तला कोइराला, रेडियो व्यवस्थापन समितिका संयोजक रिब बहादुर थापा, निर्देशकहरु शिरोमणी बराल, धर्मराज बराल ‘भोला’, सुरज बराल तथा संस्थाका सचिव सुशिला पौडेल र कोषाध्यक्ष शिशुकला पौडेलका साथै सदस्य गोमा सुवेदी, रोडियोकी स्टेशन इन्चार्ज कञ्चन थापा लगायतले रेडियोको सफलता र तीज कार्यक्रमको सफलताका लागि आ–आफ्नो विचार व्यक्त गरेका थिए । रेडियोका कार्यकारी निर्देशक गंगाधर पराजुलीले स्थापनाकालदेखि रोडियोले सूचना, शिक्षा र मनोरञ्जनको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएकोमा आगामी दिनमा थप प्रभावकारी बनाउन पहल भइरहेको बताए । यसैबीच सुनौलो एफ.एम.मा सञ्चालित विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउने र श्रोताको आकर्षण अझैँ बढाउने लक्ष्यका साथ सुनौलो एफ.एम.मा अनुभवी र लोकप्रिय रेडियोकर्मीहरुले कार्यक्रम सञ्चालन गर्न थालेका छन् । रेडियोमा स्टेशन इन्चार्जको रुपमा कञ्चन थापा र कार्यक्रम संयोजकको रुपमा सबु पाठकले जिम्मेवारी लिएका छन् । थापाले माछापुच्छ«े एफ.एम. इमेज र जननी एफ.एम. मा काम गरिसकेकी छन् । पाठकले पनि जननी एफ.एम.मा लोकप्रिय कार्यक्रम सञ्चालिकाको रुपमा अनुभव लिएर सुनौलो एफ.एम.मा संलग्न भएकी हुन यसका साथै जननी एफ.एम.मा काम गरेकी नव गायिका सरिता पौडेलले सुनौलो एफ.एम.मा लोकगीत संगीतको कार्यक्रम र छुनुमुनु एफ.एम.मा काम गरेका परिवर्तनले साहित्यसँग सम्वन्धित कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यसका साथै अन्य नयाँ कार्यक्रम संचालकहरु संगै रेडियोमा पहिलेदेखि कार्यरत रेडियोकर्मीहरु विभिन्न क्षेत्रका श्रोतालाई लक्षित गरि कार्यक्रम प्रसार गरिएको छ ।
Post a Comment