गोल्डेन न्यूज संवाददाता
कम्प्युटर एशोसियसन नेपाल महासंघ कास्कीको सातौं वार्षिक उत्सव तथा छैटौं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले समय सापेक्ष रुपमा सूचना तथा प्रविधिको विकास हुनुपर्ने बताए । पोखरा स्र्माटसिटी बनाउनका लागि क्यान कास्की तथा अन्य संघ–संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । संस्थाका अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुन अधिकृत राममणि अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पश्चिमाञ्चल इन्जिनियरङ क्याम्पसका प्रमुख नारयाण गौतम, गण्डकी साइन्स एण्ड टेक्नोलोजी कलेजका प्राचार्य रविप्रसाद बराललगायतले सूचना तथा प्रविधिको महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए ।क्यान महासंघका केन्द्रीय सदस्य एवं कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले लामो समयको प्रयास पछि क्यान महासंघमा रुपान्तरण हुन सफल हुनु सुखद विषय भएको बताए । निर्वतमान अध्यक्ष गुणनिधि पाण्डेले आफ्नो कार्यकालमा विभिन्न क्रियाकलापमा सहयोग पु¥याउने व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । छैटौं अधिवेशनमा निर्वाचन समितिका संयोजक चण्डिप्रसाद अर्यालले नवनिर्वा्चित कार्यसमितिलाई बधाई दिँदै क्यान अंकित पिन एवं आ–आफ्नो पदको प्रमाण पत्र वितरण गरी पदस्थापन गराएका थिए । सो अवसरमा नव निर्वाचित अध्यक्ष चिन्तामणि बाँस्तोलाले भावी कार्यक्रम प्रस्तुत गर्नुका साथै भर्खर क्यान महासंघ कास्कीमा आवद्ध हुने नयाँ संस्थाहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरेका थिए । सबैलाई समेटर सूचना तथा प्रविधिको क्षेत्रमा विभिन्न कामहरु गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक युवराज पौडेलले स्वागत तथा कोषाध्यक्ष कृष्णराज पोखरेलले धन्यवाद व्यक्त गरेका थिए ।
Post a Comment