गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लब पोखराको ३१औँ पदस्थापना समारोह शनिबार सम्पन्न भयो । क्लवको अध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् । कार्य समितिको प्रथम उपाध्यक्षमा रवि मर्सानी, द्वितिय उपाध्यक्षमा पार्वती माकाजू, निर्देशकमा श्यामलाल श्रेष्ठ, सचिवमा तीर्थ श्रेष्ठ, कोषाध्यक्षमा ओमनाथ अधिकारी, सह–सचिवमा बिजया श्रेष्ठ र सदस्यहरुमा प्रमोद नारायण श्रेष्ठ, मनरुपा श्रेष्ठ, अनिलकुमार शाही र शाल्बी बाँस्तोला रहेका छन् । क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उपत्यका नगर विकाश समितिका अध्यक्ष प्रकाश मोहन खनाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अध्यक्ष मर्सानीले नवनिर्वाचित अध्यक्ष अनिल श्रेष्ठलाई तथा नव निर्वाचित अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियतको सपद ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि खनालले मानव जीवनको सरोकारका क्षेत्रलाई आफ्नो कार्यक्षेत्रको रुपमा स्थापित भइ अघि बढेकोमा खुशी व्यक्त गरे । उनले संस्थाले आगामी दिनमा आकस्मिक सेवाका कार्यमा पनि कदम चाल्नुपर्नेमा उनले जोड दिए । त्यस अवसरमा खनालले ‘सिद्धार्थ आवाज’ नामक संस्थाको वुलेटिन समेत विमोचन गरेका थिए । नयाँ कार्यक्रममा पत्रकार नविन सिग्देल, संस्थाका उत्कृष्ट कार्यसमिति सदस्यको रुपमा बिजया श्रेष्ठ, उत्कृष्ट कर्मचारी मनकुमारी तिलिजा पुनलाई सम्मान गरिएकोे थियो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो भने संस्थाका सदस्य बिजया श्रेष्ठ, शाल्वी वास्तोला, मनरुपा श्रेष्ठ, ओमनाथ अधिकारी र देवेन्द्र पराजुलीलाई आजिवन सदस्यता प्रदान गरिएको थियो भने क्लबका सदस्यका छोराछोरी र संस्थाबाट प्रदान छात्रवृत्तिमा अध्ययन नगरेका बालबालिका मध्येबाट २०७१ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण भएका पाँच जना वालवालिकालाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी समिति कास्कीका अध्यक्ष ऋषिराम गौतमले सिद्धार्थ क्लब विपन्न र पिछडिएका वर्गसम्म सामाजिक सेवाका भावानाले पुग्न सफल भएको र समाज परिवर्तन र दिगो विकासका लागि कुनै पनि संस्था अगाडि बढ्नुपर्ने बताए । उनले क्लबसंग सहकार्य गर्दै एम्बुलेन्स सेवा संचालत गर्न लागेको र आगामी दिनमा पनि सहकार्यमा अगाडि बढ्न तत्पर रहेको बताए । पोखरा उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रकाश देव पालिखेले युवा नेतृत्वमा जोड दिंदै सिद्धार्थ क्लब अहिलेको स्थानसम्म आईपुग्नुमा संस्था जीवन्त राख्न यसले गरेका कृयाक्लाबहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पोउमनपाका प्रशासन प्रमुख अनन्त कोईरालाले सिद्धार्थ क्लबले उपमहानगरपालिकासंगको सहकार्यमा कार्यक्रमहरु गर्दै आइरहेको र नगरपालिकाका कार्यक्रमहरु मा पनि क्लबलाई सहकार्यमा लगिने बताए । कार्यक्रममा गैसस महासंघका उपाध्यक्ष पदम पहारी, लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लिका निर्देशक यमनाथ सापकोटा, पत्रकार नविन सिग्देल, संस्थाका मानार्थ सदस्य भक्तराज श्रेष्ठ, संस्थाबाट छात्रवृत्तिमा अध्यन गरेकी विद्यार्थी वर्षा रानाभाट लगायतले आफ्नो भनाई राखेका थिए । निर्वतमान अध्यक्ष सचिन श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रम सचिव पार्वती माकाजूले संचालन गरेकी थिइन ।
Post a Comment