0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाली सम्पर्क सदन, पोखराले महिलाहरुको महान चार्ड तीजको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सदनले स्याङ्जा जिल्ला घर, माइत तथा मावली भई पोखरामा विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्ने चेटीबेटीलाई शुभकामना आदानप्रदान गरी सामूहिक रुपमा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुदेखि तीजको अवसरमा चेलीवेटीहरुलाइै जम्मा गरी दरखाने र शुभकामना आदान प्रदान गर्दै आएको सदनले यसपालि पनि तीजको दर खुवाउनुको साथै स्याङ्जाली कलाकारको उपस्थितिमा तीजका गीतमा चेलीहरुलाई छमछमी नचाएर तीज मनाएको हो । कार्यक्रममा स्याङ्जाली कलाकारहरु सीता केसी, शंकरविरही गुरुङ र इन्द्रा गुरुङले विभिन्न तीजका गीत संगीत प्रस्तुत गरी चेलीहरुलाई नचाउँदै रमाइलो तथा मनोरञ्जन प्रदान गरेका थिए । उक्त अवसरमा स्याङ्जा गौतम एण्ड बड्गामी ज्वेलर्सले उत्कृष्ट नृत्य पुरस्कार, ग्राहक चिट्टा तथा सहभागीलाइ सुन र चाँदीका गरगहना सहित उपहार प्रदान गरेर कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सदनका अध्यक्ष चिरञ्जिवी पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई सदनका उपाध्यक्ष एवम् तीज कार्यक्रम संयोजक लालीमाया रेग्मीले स्वागत गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन सदनका महासचिव टंक खनालले गरेका थिए । सदनको भवन पोखरा उमनपा १७ छोरेपाटन शितल चौतारीमा सम्पन्न कार्यक्रममा पोखरावासी स्याङ्जाली चेलीवेटीका साथै सदनका आजीवन सदस्यहरुको उल्लेख्य सहभागी थिए । 

यसैगरी वर्राचौर पोखरा सम्पर्क समाजले हरितालिका तीज २०७२ को उपलक्ष्यमा आफ्नो चेलिवेटीहरुलाई सामूहिक रुपमा दर खुवाएको छ । वर्राचौर गाविस पर्वतबाट पोखरा आई विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापन गर्दै आएका आम मानिसहरुको दुःख सुखमा साथ दिने मनसायका साथ यो समाज गठन गरिएको हो । दर खुवाउने कार्यक्रमको अवसरमा उत्कृष्ट नाच प्रस्तुत गर्ने पाँच जना चेलिवेटीहरुलाई पुरस्कृत ग¥यो । जसमा प्रथम रोशनी शर्मा, द्वितिय प्रियङ्का पराजुली, तृतिय शुसिला पराजुली, सान्त्वनामा ऋतिका शर्मा र सपना के.सी. रहेका छन । त्यसै गरी म्यूजिकल चेयरमा प्रथम सुशिला पराजुली र द्वितिय हुने विमला पराजुलीलाई पनि पुरस्कृत गरिएको थियो । भवानीप्रसाद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष डम्बर पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि होमनाथ शर्मा रहरेका थिए ।

Post a Comment

 
Top