गोल्डेन न्यूज संवाददाता
निर्माण व्यवसायी समिति पोखराको शनिवार सम्पन्न १८आंै साधारण सभा तथा नवौं अधिवेशनले आगामी दुई वर्षका लागि अर्जुन थापालाई अध्यक्षमा चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षमा वीरबहादुर थापा, सचिवमा बेलबहादुर बस्नेत, सहसचिवमा बुद्विबहादुर परियार, कोषाध्यक्षमा तारा पाठक र सहकोषाध्यक्षमा विक्रम के.सी रहेका छन् । यस्तै समितिको सदस्यहरुमा धनजीत गुरुङ, प्रेम थापा, अच्युत शर्मा, रत्नबहादुर कार्की, जितबहादुर थापा, मिठु नेपाली, रामजी सि.के, भिमबहादुर शाही, दिलिप गुरुङ, शंकर राई, बलबहादुर सारु मगर र फणिन्द्रमान कामी छन् । अध्यक्षमा निर्वाचित थापाले सवै निर्माण व्यवसायीलाई समेट्दै अघि बढ्ने र व्यवसायिक हितको पक्षमा काम गर्ने प्रतिवद्वता जनाए । साधारणसभाले सचिव नारायण गुरुङले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष शिवबहादुर खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । यसअघि साधारणसभाको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानाले निर्माण व्यवसायीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै पूर्वाधार विकास कर्ताको परिचय स्थापित गर्न सक्नुपर्ने बताए । पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले घर सिँगारेर मात्र नहुने भन्दै सुरक्षित घर बनाउन विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सेकोन कास्कीका उपाध्यक्ष देउकाजी गुरुङ, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किसानसिंह गुरुङ, निर्माण व्यवसायी समिति पोखराका प्रमुख सल्लाहाकार फुर्व छिरिङ गुरुङ, सल्लाहाकार लोकबहादुर गुरुङ, निर्माण व्यवसायी समिति दमौलीका सचिव सोम आले लगायतले बोलेका थिए निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष भिमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्जुन थापाले स्वागत र सचिव नारायण गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
Post a Comment