गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आयोजनामा पोखरामा शुक्रबारदेखि पोखरा तीज तारा प्रतियोगिता शुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगितामा ४० भन्दा बढि समूहले सहभागिता जनाएका छन्। प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगितामा प्रथम टिमलाई नगद १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार, सान्त्वना दुई टिमलाई तीन÷तीन हजार, उत्कृष्ट नृत्य र भेषभुषालाई नगद दुई÷दुइ हजार सहित प्रमाण पत्र प्रदान गरिने छ। तीजका गीतमा विकृति बढेको गुनासो बढिरहेका बेला मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको समितिकी अध्यक्ष पवित्रा गुरुङले बताईन्। प्रतियोगिताको उद्घाटन गर्दै सभासद् शारदा पौडेलले सवैमा हाम्रो मुलुक नेपाल र हामी नेपाली भन्ने भावनाको विकास हुन आवश्यक भएको बताईन्।कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराई, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारी, पोखरा उपमहानगर पालिका कार्यालयका आन्तरिक लेखा परिक्षक अनन्तप्रसाद कोइराला, अधिकृत दुर्गा न्यौपाने, रेडीयो जननी संचालक समितिका अध्यक्ष हिरा भट्टराई, बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली र पत्रकार नवीन सिग्देलले बोलेका थिए ।त्यसअवसरमा पोखरा रामबजार–१० जनप्रिय टोल निबासी ९५ वर्षिया बयोबृद्वा लालमाया गुरुङलाई सम्मान गरिएको थियो। कार्यक्रममा हालै मात्रै पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त प्रकाशमोहन खनाललाई बधाई ज्ञापन र जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीलाई स्वागत गरिएको थियो। पोखरा उपमहानगरपालिका महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी खाति परियारले स्वागत र सचिव सत्य खनालले कार्यक्रम संचालन गरेकी थिईन्।
Post a Comment