गोल्डेन न्यूज संवाददाता
पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला सुरु भएको छ । स्थानीय हिमालय क्लवले आयोजना गरेको मेलाको एक समारोहका बीच पोखरा नर्सिङ्ग क्यामपसका क्यामपस प्रमुख निरुपमा थापाले उद्घाटन गरे । बुधवारसम्म चल्ने मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले तीज पर्व ऐतिहासिक एकताको पर्व मात्र नभई, अधिकार प्राप्तिको पर्व भएको बताए । उनले परम्परालाई जर्गेना गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लोकगायिका सीता के.सी. र निशा पोखरेलाई सम्मान गरिएको छ । गायिकाद्वयलाई प्रमुख अतिथि थापा, मेला व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद अधिकारी, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ र कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले संयुक्त रुपले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरे । सम्मानपछि लोकगायिका के.सी.ले संस्कृतिको उर्वरभूमिमा सम्मानित हुन पाँउदा आफूलाई गौरव लागेको बताए । कार्यक्रममा क्लवका अध्यक्ष श्रेष्ठ, सचिव मोहन थापा, सहसचिव बैकुष्ठ पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा चर्चित लोक गायिका जानकी तारुमगर, रामजी पौडेल, कृष्ण सुवेदी, चन्द्रा कार्की, निशा पोखरेल लगायतका कलाकारले आफ्ना चर्चित तीज भाका प्रस्तुत गरेका थिए । त्यस्तै मेलामा आयोजित तीज गीत नृत्य प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम प्रथम, विन्ध्यवासिनी उच्च मावि द्वितीय र बालमन्दिर उच्च मावि तृतीय भएका छन् । १२ वटा विद्यालयले सहभागीता जनाएकोे नृत्य उप–समितिका संयोजक बैकुण्ठ पौडेलले जानकारी दिए । मेलाको अन्तिम दिन बुधवार समूहगत तीज गीत प्रस्तुति हुने बताइएको छ । मेलामा पोखराका विभिन्न आम समूहको समेत सहभागिता रहने जनाइएको छ ।
यसैगरी भदौ ३० गते तीज पर्वको उपलक्ष्यमा आयोजना हुन गइरहेको मालेपाटन तेस्रो खुला तीजगीत प्रतियोगिताको तयारी पूरा भएको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस, पोखराका प्रमुख निरूपा थापा प्रमुख अतिथि रहनेछन् । प्रतियोगितामा इटहरी विराटनगर निवासी चर्चित निलम ढुंगानाको नृत्य प्रस्तुति रहनेछ । एक खुट्टा भएकी राष्ट्रिय कलाकार विशिष्ट प्रतिभा ढुंगाना पहिलोपटक पोखराको सार्वजनिक कार्यक्रममा सहभागी हुने आयोजक संस्थाले बताए ।
त्यसैगरी कार्यक्रममा लोकगायक तारापति सुवेदी लगायतले नयाँ प्रस्तुति दिनेछन् । वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई सम्मानसमेत गरिने सो कार्यक्रममा सम्पूर्ण लोकगीत लोक संस्कृति प्रेमीहरूमा उपस्थितिका लागि आयोजकले आग्रह समेत गरेको छ । आयोजकका तर्फबाट दर्शकहरू लाई सुविधाजनक रूपमा बस्ने प्रबन्ध भएको समेत आयोजक संस्थाका अध्यक्ष वसन्तराज भण्डारीले बताए । श्रमिक बाल बालिकाको सम्पर्क केन्द्र पोखरा १२ माटेपानीमा तिजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ बाल बालश्रम न्युनिकरण कार्यक्रमका का वोर्ड अध्यक्ष दिपक श्रेष्ठ र पूर्व कार्यक्रम संयोजक सुरेश कुमार मानन्धरको विशेष उपस्थितिमा भएको थियो । कार्यक्रममा पो.उ.न.पा. १२ का सचिव अर्जुन प्रसाद पौडेल, टोल समन्य समिति १२ का उपाध्यक्ष पुण्य लामिछाने समाजसेवी बकावली शाक्य रंजितले कार्यक्रमको बारेमा बोलेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ बाल बालश्रम न्युनिकरण कार्यक्रमका का वोर्ड अध्यक्ष दिपक श्रेष्ठ र पूर्व कार्यक्रम संयोजक सुरेश कुमार मानन्धरको विशेष उपस्थितिमा भएको थियो । कार्यक्रममा पो.उ.न.पा. १२ का सचिव अर्जुन प्रसाद पौडेल, टोल समन्य समिति १२ का उपाध्यक्ष पुण्य लामिछाने समाजसेवी बकावली शाक्य रंजितले कार्यक्रमको बारेमा बोलेका थिए ।
Post a Comment